१४ जेठ, सुर्खेत । जनपक्षीय पत्रकार तथा साहित्यकार कृष्ण सेन इच्छुकको व्यक्तित्य र योगदानसंग केन्द्रीत भएको खोजमुलक सामग्री समेटिएको ‘स्मृति र आदर्श’ पुस्तक प्रकाशित भएको छ ।
जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिले हालै ‘स्मृति र आदर्श’ पुस्तकको प्रकाशन गरेको हो ।
मंगलवार मात्र यस पुस्तकको नेकपाका महासचिव विप्लव सीले दाङको घोराहीबाट विमोचन गर्नु भएको छ ।
यो पुस्तकलाई देशका विभिन्न ठाउँबाट एकैसाथ सार्वजनिक गर्दै नेताहरुले विमोचन गरेका छन ।
काठमाडौमा नेकपाका पिविएम माईला सी र सुर्खेतमा नेकपाका पिविएम एटम सीले पुस्तकको विमोचन गर्दै सार्वजनिक गर्नु भएको छ ।
यस्तै देशका विभिन्न जिल्लामा पनि यो पुस्तक विमोचन सहित सार्वजनिक गरिएको समाचारहरु आएका छन ।
९२ पृष्ठको यो पुस्तकको सुरुमा नेकपाका महासचिव विप्लव सीको ‘कमरेड कृष्ण सेनः स्मृति र आदर्श’ शिर्षकको लेख राखिएको छ ।
पुस्तकमा लेखकहरुका निकै गहकिला र खोजमुलक सामग्रीहरु प्रकाशित भएका छन । पुस्तकमा नेकपाका स्थायी समिति सदस्य सन्तोष सी (विषम) को ‘मेरो स्मृतिमा कृष्ण सेन इच्छुक’ शिर्षकमा आलेख प्रकाशित छ ।
जनादेशका संस्थापक सम्पादक नारायण शर्माको ‘आज फेरी सहिद कृष्ण सेन इच्छुक (क.समर)लाई सम्झँदा’ शिर्षकको खोजमुलक यथार्थपरक संस्मरण छापिएको छ ।
पुस्तकमा नेकपाका स्थायी समिति सदस्य अनिल सीको ‘मेरो सम्झनामा कृष्ण सेन इच्छुक’, नेकपा स्थायी समिति सदस्य भरत सीको ‘कृष्ण सेन इच्छुकको बलिदान र क्रान्तिको भविष्य’ नामक आलेख प्रकाशित छ ।
पुस्तकमा पत्रकार तथा सहिद कृष्ण सेन इच्छुकको जीवनसंगीनी तक्मा केसीको ‘सहिद कृष्ण सेन इच्छुक संगको सहकार्य’ भन्ने शिर्षकको मार्मिक लेख प्रकाशित छ ।
यस्तै नेकपाका पिविएम वसन्त श्रेष्ठको इच्छुकको सम्झनामा, नेकपा पिविएम बन्धु चन्दको मेरो स्मृतिमा सहिद कृष्ण सेन इच्छुक, पत्रकार शेरबहादुर विश्वकर्माको कृष्ण सेन इच्छुक र उनको अपराजित कलम शिर्षकका गहकिला लेखहरु प्रकाशित छन ।
पुस्तकमा पत्रकार संगीता खड्काको कृष्ण सेनलाई दिइएको चरम यातना,कुशल वोगटीको म मरेको छैन कविता,खोमा सीको इच्छुकको सपना र जीवनमुल्य, पत्रकार जानकी चौधरीको आदर्शका नायक,प्रेरक व्यक्तित्व कृष्ण सेन इच्छुक शिर्षकमा सामग्री प्रकाशित छ ।
यस्तै पत्रकार वसन्त विकको जुलियस फ्यूचिक जस्तै लाग्छन कृष्ण सेन इच्छुक, हेम सुवेदीको ए महान मान्छेः तिमीलाई कसरी मृतक घोषणा गरौं र दिपेश पराई विष्टको सशक्त कलम र महान योद्धा इच्छुक शिर्षकमा लेखहरु प्रकाशित छन ।
यी सबै सामग्रीहरु खोजमुलक र पठनयोग्य तथा रोचक भएकाले सबैले एकपटक यो पुस्तक खोजी खोजी पठन पुस्तकको प्रकाशक जनपत्रकार संगठन नेपालले अनुरोध गरेको छ । पुस्तक प्राप्त गर्नको लागि जनत्रकार संगठन नेपालमा सम्पर्क गर्न सकिने छ ।