गाउँमा हुने विकृति हटाउन राष्कोटका युवाहरु संगठित

साउन १३, कालीकोट । जिल्लाको राष्कोट नगरापालिका १ लहरेलामा सभ्य समाज निमार्णका लागि responsibility for society youth committee (समाजको लागि युवा  जिम्मेवार समिति ) को गठन गरिएको छ ।

गाउँका दर्जनौ सचेत युवाहरुको तीन दिन सम्म चलेको कार्याक्रमले सुदिप शाहीको अध्यक्षतामा २४ सदस्सीय responsibility for society youth committee (समाजको लागि जिम्मेवार समिति ) गठन गरिएको हो । जसमा उपाध्यक्ष मदन दर्जि,सचिव सनेस शाही,सह सचिव टक्क लुवार ,कोषाध्यक्ष मिट्ठु टमट्टा लगायत रहेका छन ।

समाजमा हुने विभिन्न विकृति, बिसंगति, कुसंस्कार कुरितिहरु लाई निरुत्साहित गर्ने र जातीय विभेद,वाल विवाह भ्रष्टाचार लाई रोक्ने अभियान चलाउने कमिटिको प्रमुख उदेश्य रहेको छ ।

शिक्षा , स्वास्थ, खानेपानी, यातायात लगायतका बिकास निर्माणका काममा हुने भ्रष्टाचारलाई विशेष निगरानी गर्ने रिस्पोनसिवल फर युथ कमिटिले जनाएको छ ।

तीन दिन सम्म चलेको कार्यक्रमले गाउँमा हुने जुवातास बन्द गर्दै रक्सी नियन्त्रण गर्ने, समाजमा शैक्षिक क्षेत्रमा कमजोर ब्यक्तिलाइ सहयोग गर्ने , गाउमा बिग्रिएका र भत्कियका भौतिक संरचना ,वाटो आदि श्रम दान गरि भएपनि पूर्ननिर्माण गर्ने जस्ता निर्णय गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि दयाराम लुवारले नव निर्बाचित सम्पुर्ण कमिटिलाइ बधाइ दिदै गाउँ समाजलाई एकतावद्ध गरी सवै प्रकारका सामाजिक कुरिती कुसंस्कार विरुद्ध निडर भएर लड्न सबैलाइ अनुरोध गर्नु भयो । उहाँले समाजलाई समुन्नत र अग्रपंक्तिमा लिन समाजका सबै युवा बर्गहरुले नया सोच बिचारका साथ एकसाथ सामना गर्न तयार रहनु पर्नेमा जोड दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस