गिरफ्तार गरिएका कार्यकर्ता रिहा गर्न नेकपा रुकुमको माग


१३ साउन,रुकुम पश्चिम । नेपाल कम्युनिष्ट पार्टी रुकुम पश्चिमले मंगलबार सानीभेरी गाउँपालिका ८ का वडाअध्यक्षलाई जनकार्बाही गर्दा आफ्ना कार्यकर्तालाई झुट्टा मुद्दा लगाई गिरफ्तार गरेको भन्दै निसर्त रिहा गर्न माग गरेको छ ।

नेकपाले एक विज्ञप्ती गरी केही संन्चार माध्यमाले भ्रम पुर्ण पुर्वाग्रही ढङ्गले समाचार सम्प्रेषन गरेर भ्रम फैलाउने काम गरेकोमा गम्भीर धानआकर्षण भएको पनि जनाएको छ ।
नेकपाले भ्रष्टाचारीलाई जोगाउन सत्य सत्य ढाक छोप गरि प्रचार गरिएको समाचार प्रति विश्वास नगर्न आग्रह गरेको छ ।
छहरे पानी तल्लो आमडाँरा सिचाइ आयोजना उपभोक्ता समितिबाट ३ लाख भष्टाचार गरेको केही मिडियामा र स्थानियबाट उजुरी आए पछि नेकपा सानोभेरी गाउँसमितिले सो वडाका वडा अध्यक्ष शसिराम बुढालाई जुत्तामाला लगाई कालो मोसो दलेर कारबारी गरेको थियो ।

सोही विषयलाई लिएर नेकपाका कार्यकर्ता शिव र प्रकाश लाई प्रहरीले गिरफ्तार गरिएकोमा नेकपाले आपत्ती जनाएको छ ा
नेकपाले गिरफ्तार कार्यकर्ताहरुलाई यथाशिघै रिहा नगरे थप कडा संघर्षका कार्यक्रमहरु घोषण गर्ने चेतावनी दिएको छ ।

नेकपाले भ्रष्टाचार गर्ने माथि छानविन गरि कार्वाही गर्नुको सट्टा माओवादी केन्द्रले संरक्षण गर्नु सचेत समुदायका लागि लज्जाको विषय भएको जनाएको छ ।
यस्तो उल्टो मार्ग तिर यात्रा नगर्न र चरम भ्रष्टाचार, अनियमितता र लूटको स्वर्गबाट मुक्त हुन हाम्रो पार्टी विनम्र अनुरोध गर्दछ बिज्ञप्तिमा भनिएको छ ।
यसैविच बिज्ञप्ति मार्फत नेकपा रुकुम पश्चिमले त्रिवेनि गाउँ पालिका ४ निवासी २६ वर्षिय मनकला खत्री खड्काको रहस्यमय किसिमले भएको हत्याको घोर भ्रत्सना गरेको छ ।

नेकपाले मृतक मनकला प्रति श्रद्धान्जली अर्पण गर्दै घटनाको न्यायोचित छानबिन गरि दोषि माथी कडा कारवाही गर्न सम्बन्धित सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराएको छ ।

विज्ञप्तीको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस