११ कार्तिक, कालिकोट । नेकपाका प्रवक्ता खड्ग वहादुर विश्वकर्मा (प्रकाण्ड)लाई कालिकोटे जनताले भव्य स्वागत गरेका छन ।
लामो समय पछि गृह जिल्ला र जन्मथलो माल्लकोट पुग्नु भएका नेता प्रकाण्डलाई कालिकोटको खुलालु प्रवेश संगै फुल माला र अविरले वर्षिन थाल्यो ।
खुलालुमा वुधवार विहान स्थानीय वजार व्यवस्थापन समितिको आयोजनामा सूरु भएको स्वागत वेलुका माल्कोटमा हजारौको सहभागितामा वाजा गाजा वजाउदै फुल माला र अविरले भव्य स्वागत गरिएको छ ।
नेकपा कालिकोटले स्वागतको संयोजन गरेपनि स्थानीय जनताको उल्लेखिए रुपमा सहभागितामा स्वागत तथा सम्मान गरिएको छ । प्रवक्ता प्रकाण्डले सवै स्वागत समारोहमा सहिदको सपना पुरा गर्ने जनतामा वाचा गर्नु भयो ।
जनयुद्धका नेताहरु प्रचण्ड वावुरामहरुले गद्धारि गरेपनि आफुहरुले नगरेको भन्दै नेता प्रकाण्डले अव आफ्नो पार्टी नेकपाको नेतृत्वमा वाँकी क्रान्ति पुरा हुने विश्वास दिलाउनु भयो ।
माल्कोटको स्वागत पछि उहाँले कालिकोट उच्च वलिदानको इतिहाँस भएकाले फेरि पनि यहाँको क्रान्तिकारी जनता दलाल सत्ताको शोषण,दमनका विरुद्ध लाग्नु पर्ने वताउनु भयो ।
सोही अवसरमा पार्टीका केन्द्रीय सदस्य एटम र विवेकलाई पनि स्वागत गरिएको छ ।
आज देखि माल्कोटमा हुन लागेको कर्णालीका जिल्लाहरुको पार्टी प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिन प्रवक्ता प्रकाण्ड वुधवार विहान कालिकोट पुग्नु भएको थियो ।