नेकपाको पाँच जिल्लाको प्रशिक्षण कार्यक्रम कालिकोटमा सुरु

११कार्तिक, कालिकोट । विप्लव नेतृत्वको नेकपाले कर्णालीका पाँच जिल्लाको प्रशिक्षण कार्यक्रम कालिकोटको माल्कोटमा विहिवारवाट सुरु गरेको छ ।

दुई दिन सम्म चल्ले प्रशिक्षण कार्यक्रमको पहिलो दिन आज विभिन्न एरिया र जनवर्गीय संगठनका प्रमुखहरुले रिपोटिङ्ग गरिरहेका छन । प्रशिक्षण कार्यक्रम विहान ११ वजेवाट सुरु भएको थियो ।

प्रशिक्षणमा पार्टीको अवस्था,संगठनको गतिवधि र पार्टीलाई दिनुपर्ने सुझाव सहित २१ जनाले रिपोटिङ्ग पेश गर्ने कार्यसूचि रहेको नेकपा कालिकोटका जिल्ला सेक्रेटरी रणदिपले जनाउनु भएको छ ।

प्रशिक्षण कार्यक्रममा डोल्पा वाहेक हुम्ला,जुम्ला,मुगु,कालिकोट र दैलेख जिल्लाका करिव दुई सय जना जिल्ला स्तरिय नेता कार्यकर्ताहरुको सहभागिता रहेको छ ।

रिपोटिङ्ग सकिए लगत्तै सुक्रवार वाट नेकपाका प्रवक्ता खड्ग वहादुर विश्वकर्मा (प्रकाण्ड)ले पार्टीको कार्यदिशा,पार्टीको नीति तथा कार्यक्रमका वारेमा सहभागिहरुलाई शिक्षण दिनु हुनेछ ।

उहाँ प्रशिक्षण दिनका लागि वुधवार नै कालिकाटको जन्मथलो माल्कोट पुग्नु भएको थियो ।

नेकपाले प्रशिक्षण सकिएपछि पाँचै जिल्लाको जिल्ला समितिको वैठक पनि माल्कोटमै वसाल्ने तयारी गरेको जनाएको छ ।

पाँच वटा जिल्लाहरुको वैठकवाट वैज्ञानिक समाजवादमा पुग्न जनमतसंग्रहको लागि जनजागरण चलाउने योजना वनाउने वुझिएको छ ।
साथै वैठकले मंसिर ८को काठमाडौंमा हुने पार्टी पुनर्गठन दिवसको कार्यक्रमको पनि भव्य तयारी गर्ने योजना वनाउने वुझिएको छ ।

लामो समय पछि गृह जिल्ला र जन्मथलो माल्लकोट पुग्नु भएका नेता प्रकाण्डलाई कालिकोटे जनताले भने वुधवार भव्य स्वागत तथा सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस