सृष्टि बचाउँ अभियानको आर्थिक सहयोगका लागि सार्वजनिक अपिल

१२ मंसिर,बाँके । कोहलपुर नगरपालिका वडा नम्वर २ निवासी सिंहवहादुर विकका १२  वर्षिय छोरी सृष्टि अहिले जीवन र  मृत्यु को दोसाधमा छिन । उनी जापानी इन्सेफ्लाईटिस रोगले विगत पाँच महिना देखि थला परेकी छिन । उनी साउन २५ गते देखि विरामी परेकी हुन ।

उनको घर परिवारको आर्थिक अवस्था निकै कमजोर छ । घरपरिवारले आफु संग भएको सवै धन सम्पति खर्च गरेर उपचार गरिसकेको छ । वालिकाका वुवा सिंहवहादुरका अनुसार “छोरीको उपचारको लागि कोहलपुर मेडिकल कलेज,नेपालगंज मेडिकल कलेज र भेरी अस्पतालमा पटक पटक उपचार गर्दा लाखौं रुपैया खर्च गरे पनि विरामी छोरीलाई ठिक हुन सकेको छैन । सुरुमा त लामो समय सम्म रोगको वारे पत्ता नै लाग्न सकेन ।”

तर अन्तीम समयमा नेपालगंज स्थिति विश्व स्वास्थ्य संगठनको कार्यालय मार्फत वालिका सृष्टिको स्वास्थ्य परिक्षण गर्दा उनलाई जापानीज इन्सेफ्लाईटिस रोग भएको पुष्टि गरेको वुवा विकले वताउनु भयो ।

डाक्टरले वालिकाको उपचारको लागि करिव १५ लाख जति खर्च हुने र उपचार पनि भारतको लखनउमा गर्नुपर्ने वताएपछि परिवार निकै आपत्तमा परेको छ । वालिकालाई डाक्टरको निगरानीमा पैसाको अभावले घरमै राखेर उपचार भईरहेको छ । वालिका सृष्टिको विरामीका कारण हात खुट्टा विल्कुलै चल्दैन । उनको मुख बन्द पनि हुदैन र मुख खुल्ला नै रहन्छ । उनले मुखबाट खानेकुरा आफै खान सक्ने कुनै अवस्था पनि छैन । अहिले बालिकाको नाक बाट पाईप राखेर झोलिलो खानेकुरा मात्र खुवाउने गरिएको छ । विरामीको वेजोग अवस्था छ बुवा विकले भन्नु भयो ।

वुवा सिंहवहादुरले भन्नु भयो “विरामी छोरीको उपचार गर्दा गर्दै ऋणको भारी ठुलो भई सक्यो, कतै बाट पैसा जुट्दैन ,ऋण दिने पनि मान्छे छैन ,चौविसै घण्टा विरामी छोरीको स्याहर गर्नु पर्छ, दिशा पिसाव सुताल्नु पर्छ के गरेर उपचार गरौं ? म सवै संग सहयोगको याचाना गर्छु ।”
उहाँले सवै मानवियता भएका सहयोगदाताहरुले मेरो छोरी वचाई दिनुहोस् संचारकर्मीसंग भन्नु भयो ।

सृष्टिको उपचारका लागि सहयोग जुटाउन वडा नम्वर २ को कार्यालय बाट सिफारीस लिई सृष्टि वचाउ अभियान आईतवार बाट संचालन भएको छ । अभियान मार्फत विभिन्न सामाजिक संघ संस्था,स्थानीय सरकार देश विदेशमा वस्ने सहयोगी मन भएका मानिसहरुलाई आर्थिक सहयोगको लागि सार्वजनिक अपिल गरिएको छ ।

सहयोगी मनहरुले वालिकाको हजुर आमा प्याउका विक को ग्लोवल आईएमई वैंकमा खोलिएको खाता नम्वर १३७०७०१०००५२६४ अथवा Global IME bank PYAUKA B.k ac num 13707010005264 मा सिधा रकम जम्मा गर्न सकिने छ । त्यस्तै प्रत्यक्ष भेटेर वा आईएमई गरेर समेत सहयोग प्रदान गर्न सकिने छ । जसका लागि वुवा सिंह वहादुर विकको मोवाल नम्वर ९७४२८९७८३७ मा सिधा फोन सम्र्पक गर्न सकिने छ ।

आईतवार कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद अर्चायलाई सृष्टि वचाउ अभियानले भेटघाट गर्दै वालिकाको ज्यान वचाई दिन सहयोगको अपिल पनि गरेको छ । सो क्रममा गहभरी आँसु झार्दे वालिकाका वुवा सिंह वहादुरले आफु अन्तीम अवस्थामा पुगेको र जसरी पनि मानवीयताको हिसावले छोरी वचाई दिन उपचारका लागि नगर सरकारले सक्दो आर्थिक सायता दिन अपिल गर्नु भयो ।

नगर प्रमुख आर्चायले समस्या गम्भीरतापूर्वक लिएको र अव वस्ने कार्यापालिकाको वैठकले विरामीको उपचारको लागि नगरपालिकाले सक्दो सहयोग गर्ने आश्वासन दिनु भयो ।
यस्तै सृष्टि वचाउँ अभियानले बाँकेको कोहलपुर,नेपालगंज वजारका स्थानीय व्यापारी वुद्धिजीवी सहित स्थानीय सरकार विभिन्न संघ सस्था,शिक्षक,वुद्धिजीवी,कर्मचारी सवै संग सहयोगका लागि भेटघाट गर्नेछ ।

यस्तै बाँके जिल्ला वाहिरका जिल्लामा समेत आर्थिक सहयोग अभियान संचालन गरिने सृष्टि वचाउँ अभियानले जनाएको छ । वुवा सिंहवहादुरको पुर्खेयौली घर भने कालिकोट जिल्ल्लाको रास्कोट नगरपालिका ८ बाँखरकोट हो । उहाँको परिवार हाल वसाईसराई गरी कोहलपुर २ मा वस्ने गर्छ ।

अपिलको पूर्ण पाठ

Bachau Abhiyan

प्रतिक्रिया दिनुहोस