नेकपाका प्रवक्ता प्रकाण्डलाई सुर्खेतमा भव्य स्वागत

नेपाल कम्युनिष्ट पार्टी वाट राष्ट्र र जनताको मुक्तिको अपेक्षा गरेका छन ः प्रकाण्ड

१३ पुस सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खडक वहादुर विश्वकर्मा (प्रकाण्ड)लाई नेकपा सुर्खेतले भव्य स्वागत गरेको छ ।
आज विहान पार्टी प्रशिक्षणका लागि सुर्खेत पुग्नु भएका प्रवक्ता प्रकाण्डलाई जिल्ला स्थित नेकपाका पार्टी कार्यकता र जनताले फुलमाला अविर लगाएर भव्य स्वागत गरेका हुन ।

स्वागत पछि सहभागीहरुलाई संवोधन गर्दै प्रवक्ता प्रकाण्डले नेपाली जनताले नेकपावाट राष्ट्र र जनताको मुक्तिको दुई वटा कुराको अपेक्षा गरेको वताउनु भएको छ ।

उहाँले जनताको अपेक्षा पुरा गर्न एकीकृत जनक्रान्तिको माध्यमवाट आफ्नो पार्टीले मात्र पुरा गर्ने वताउनु भयो ।

नेकपाका प्रवक्ता प्रकाण्डले नेपाली जनताको मुक्तिको लागि वैज्ञानिक समाजवाद भन्दा अर्को विकल्प नभएको दावी गर्नु भयो ।

उहाँले भन्नु भयो “एमसीसी जस्तो राष्ट्रघाती सम्झौता नेपालमा थोपरि रहेका छन । नेपालमा सैय अखडा वनाउन अमेरिका चाहिरहेको छ, नेपालका दलालहरु त्यसैमा लागेका छन । आफ्नो पार्टीको आन्दोलनले एमसीसी पारित हुन वाट रोकिएको छ ।”

नेपालमा २०४६ साल देखि नेपाली जनताको दुख दिने संसदीय व्यवस्थाको सुदृढ गर्न फेरि स्थानीय चुनावको चर्चा गरिएको भन्दै उहाँले स्थानीय चुनावले जनताको समस्या समाधान नहुने ठोकुवा गर्नु भयो ।

उहाँले संसदीय चुनाव नभएर जनताको लागि वैज्ञानिक समाजवादी व्यस्था ल्याउने जनमतसंग्रहको चुनाव गर्न संसदवादीहरुलाई आग्रह गर्नु भयो ।

नेकपाका प्रवक्ता प्रकाण्डले नेकपाको काँधमा ऐतिहाँसी जिम्मेवारी आएको भन्दै त्यो जिम्मेवारी पुरा गर्न सवै लाग्नु पर्ने वताउनु भयो । उहाँले स्वागत गर्ने नेकपा सुर्खेतका कार्यकर्ता र जनतालाई धन्यवाद समेत दिनु भयो ।

एक हप्ता जति सुर्खेत वसाईका क्रममा विभिन्न राजनैतिक भेटघाटका साथै आन्तरिक पार्टी प्रशिक्षण कार्यक्रममा प्रवक्ता सहभागी हुनु हुने छ ।

प्रतिक्रिया दिनुहोस