१३ पुस,सुर्खेत । विप्लव नेतृत्वको नेकपाले दुई वर्ष अघि पार्टीको अनुशासन उलंघन गरि कार्वाही परेका र अहिले आफ्नो पत्रकार संगठनमै नभएका केही साथीहरु प्रचण्डको पार्टीमा गएको वताएको छ ।
उनीहरु पछिल्लो समय नेकपा निकट पत्रकार संगठन जनपत्रकार संगठनमा नरहेको नेकपाले प्रष्ट पारेको छ । सुर्खेतको वीरेन्द्रनगरमा मंगलवार जनपत्रकार संगठनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम पछि संचारकर्मीलाई कुरागर्दै नेकपाका पार्टी प्रवक्ता प्रकाण्डले आफ्नो पार्टी संग पछिल्लो समय उनीहरुको कुनै सम्वन्ध नरहेको वताउनु भयो ।
उहाँले पार्टीले रुपमान्तरण भएर संगठनमा जोडिन आहवान गरेपनि उनीहरु पार्टीमा वागेनिङ्ग गर्ने,संगठनलाई कमजोर पार्ने खेलमा लागेकाले पार्टीले स्वीकार गर्न नसकेको स्पष्ट पार्नु भयो ।
विचारमा विचलन भएका केही साथीहरु क्रान्तिकारी विचारवाट स्खलित भएर उता गए पनि सच्चा क्रान्तिकारीको लागि सधै ढोका खुला रहने उहाँले वताउनु भयो ।
जनपत्रकार संगठनले पनि केही मिडियाहरुले पार्टीमा र जनपत्रकार संगठनमा भ्रम छर्ने गरि गरेको प्रचारवाजी सत्य नभएको र आफ्नो संगठनको कुनै पनि पत्रकारहरु प्रचण्डको पार्टीमा नगएको जनपत्रकार संगठनका केन्द्रीय संयोजक सेर वहादुर विश्वकर्माले वताउनु भयो ।
जनपत्रकार संगठनले केही मिडियाहरुले विप्लवको क्रान्तिकरी पत्रकार संगठनवाट प्रचण्डको पार्टीमा प्रवेस गरेको भनि तथ्यहिन समाचार प्रकासन गरेको प्रति आपत्ती जनाएको छ ।
पार्टीले अनुशासनको कार्वाही गरेका प्रभात चलाउने, दिपेन्द्र रावल , दिप बहादुर घर्ती, भौतिक मल्ल लगायत दुई चार जनाको जमात सुधारवादी,नवसंशोधनवादी पार्टीमा जादैमा केही आकास नखस्ने जनपत्रकार संगठनले प्रष्ट पारेको छ । उनीहरुलाई शनिबार मात्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टीमा प्रवेस गराउनु भएको थियो ।