१८ औ धान दिवस कालिकोटमा पनि मनाईयो

 

१५ असार, कालिकोट । १८ औ राष्ट्रिय धान दिवस कालिकोटमा पनि भव्यताका साथ मनाईएको छ ।

मंगलबार कृषि विकास कार्यालय कालिकोटको आयोजनामा मान्मको ताडिमा किसानको खेतमै गएर प्रमुख जिल्ला अधिकारी , खाँडाचक्र नगरपालिका प्रमुख, कृषि कार्यालय प्रमुख जिल्लाका सरोकारवाला लगायतको सहभागितामा यस वर्षको १८औ राष्ट्रिय धान दिवस मनाएको हो ।

यस्तै जिल्लाको पचालझरना गाउँपालिका, तिलागुफा नगरपालिका लगायतले १८औ धान दिवस मनाएको छ ।

हरेक वर्ष असार १५गते मनाउदै आईरहेको यो दिवस यो वर्षपनि किसानको खेतमा धान रापेर मनाएको छ ।

गाउँपालिका कृषि शाखाको आयोजनामा अध्यक्ष खड्कराज सेजुवाल, उपाध्यक्ष ,कर्मचारी ,किसान लगायतको सहभागितामा दिवस बनाएको छ ।

यस्तै तिलागुफा नगरपालिकाले पनि गाल्जेमा किसानको खेतमा पुगेर धान रापेर दिवस मनाएको छ ।

मानु रोपेर मुरि फलाउने महिनाको रुपमा असारलाई लिने गरिन्छ । अनलाईन न्युजको सहयोग

 

प्रतिक्रिया दिनुहोस