चैत १७, कालीकोट । कालिकोटको नरहरीनाथ गाँउपालिका वडा नम्बर ४ कुमालगाँउमा स्थानिय युवाहरुले घर घरमा पुगेर कोरोना भाईरसको सचेतनाका साथै माक्स बितरण गरेका छन् ।
स्थानिय युवाहरुले विश्वभरी महामारीको रुप लिईरहेको कोरोना भाईरस (कोभिड १९) बाट बच्नका लागि सचेतना कार्यक्रमसँगै माक्स वितरण गरेका हुन् ।
युवाहरुले घर घरमा पुगेर लकडाउनको पुर्ण पालना गरौँ, साबुन पानीले हात धुने गरौँ, माक्स लगाए मात्र घर बाहिर निस्कियौँ, सामान्य रुगा खोकी लागे पनि स्वास्थ्यकर्मीको सल्लाह लियौँ जस्ता बिषयमा जानकारी दिनुका साथै वडा नम्बर ४ मा रहेको दलित टोलका एक सय घर परिवारलाई माक्स बितरण गरेको समाजसेवी युवा जीबन बिश्वकमाले जनाकारी दिनु भएको छ ।
उहाँका अनुसार नरहरिनाथ गाउँपालिकाका प्रधानमंत्री रोजगार कार्यक्रम अधिकृत दिपेन्द्र बहादुर बुढा, वडा नम्बर ४ का समाजसेवी युवा जीबन बिश्वकर्मा, राम बहादुर बिश्वकर्मा, शिक्षक टेक बिश्वकर्मा, धर्मराज बिश्वकर्मा र नरेन्द बिश्वकर्माको सहभागीतामा घर घरमा कोरोना भाईरसको बिषयमा सचेतना जोगाउदै माक्स बितरण गरिएको बताइएको छ ।