चैत १६, काठमाडौँ । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले आज ६४ औं स्थापना दिवस मनाउँदैछ ।
दिवसको अवसरमा आज जनपत्रकार संगठन नेपाल अध्यक्ष प्रकाश डुम्रेले प्रेस विज्ञप्ती निकाल्दै नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पत्रकारिताको संस्थागत विकास र श्रमजीवी पत्रकारको हकहितका लागि महासंघले खेल्दै आएको भूमिका आम पत्रकारका लागि गर्वको विषय हो ।
नेपालको राजनीतिक उथलपुथलसंगै विभिन्न आरोह अवरोह पार गर्दै महासंघ पनि यो अवस्थामा आईपुगेको छ । यो क्षणमा महासंघलाई हार्दीक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
विज्ञप्ती मार्फत मुलुक लोकतान्त्रिक गणतन्त्रमा छ तर अहिलेपनि गणतान्त्रिक शासन ब्यवस्थाको महसुस हुन सकेको छैन । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित गर्न स्वयं गणतान्त्रिक सरकार उद्तछ भने विचार र आस्थाकै आधारमा पत्रकारमाथि धरपकड हुने क्रम बढेको छ ।
यसले नेपाली पत्रकारीता जगत र महासंघको अगाडि पनि यो चुनौति थपिएको छ । श्रमजीवि पत्रकारका समस्याहरू अहिले पनि उस्तै छन् । यस्तो अवस्थामा स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ नागरिक अधिकार,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र आम श्रमजीवि पत्रकारको पक्षमा अझै सशक्त र दरिलो बन्ने प्रेरणा मिलोस् भन्दै शुभकामना दिईएको छ ।
विज्ञप्ति जस्ताको तस्तै हेर्नुहोस ।
नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा शुभकामना ।
प्रेस विज्ञप्ति
नेपाली पत्रकारहरको साझा संस्था नेपाल पत्रकार महासंघ यही २०७५ चैत १६ गते आज आफ्नो स्थापनाको ६४ औं बर्षमा प्रवेश गरेको छ । यस अवसरमा महासंघका सबै अग्रज एवम सदस्यसहित सबै पत्रकारहरूमा हाम्रो संगठनको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं ।
नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, पत्रकारिताको संस्थागत विकास र श्रमजीवी पत्रकारको हकहितका लागि महासंघले खेल्दै आएको भूमिका आम पत्रकारका लागि गर्वको विषय हो । नेपालको राजनीतिक उथलपुथलसंगै विभिन्न आरोह अवरोह पार गर्दै महासंघपनि यो अवस्थामा आईपुगेको छ । यो क्षणमा महासंघलाई हार्दीक बधाई तथा शुभकामना ब्यक्त गर्दछौं ।
मुलुक लोकतान्त्रिक गणतन्त्रमा छ तर अहिलेपनि गणतान्त्रिक शासन ब्यवस्थाको महसुस हुन सकेको छैन । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संकुचित गर्न स्वयं गणतान्त्रिक सरकार उद्तछ भने विचार र आस्थाकै आधारमा पत्रकारमाथि धरपकड हुने क्रम बढेको छ । यसले नेपाली पत्रकारीता जगत र महासंघको अगाडि पनि यो चुनौति थपिएको छ ।
श्रमजीवि पत्रकारका समस्याहरू अहिले पनि उस्तै छन् । यस्तो अवस्थामा स्थापना दिवसको अवसरमा नेपाल पत्रकार महासंघ नागरिक अधिकार,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र आम श्रमजीवि पत्रकारको पक्षमा अझै सशक्त र दरिलो बन्ने प्रेरणा मिलोस् भन्ने अपेक्षा राख्दंछौं ।
साथै महासंघ लाई हामीले सधैं साझ बनाउने प्रयासमा छौँ होस भन्ने चाहान्छौ पनि र हाम्रो संगठन महासंघ संग सधैं सहकार्य पनि गर्ने प्रतिबद्धता समेत व्यक्त गर्दछौं ।
प्रकाश डुम्रे हिम बिष्ट
अध्यक्ष महासचिव
जनपत्रकार संगठन नेपाल केन्द्रीय समिति
मिति स् २०७५।१२।१६