अखिल नेपाल किसान महासंघ क्रान्तिकारी बर्दियाकाे भेला सम्पन्न, संयोजकमा पहलमान सी

१६, चैत बर्दिया । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान महासंघ क्रान्तिकारी बर्दियाकाे जिल्ला भेला सम्पन्न भएको छ ।

भेलाले पहलमान सीको संयोजकत्वमा १५ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।

भेलालाई सम्बाेधन गर्दै पार्टी केन्द्रीय हिमशिखर सीले किसानहरुले आफ्नो हकहित अधिकारका लागि एकीकृत जनक्रान्तिको कार्यदिशामा लामबद्ध हुन आग्रह गर्नुभयो ।

प्रमुख अतिथि समेत रहेका नेता हिमशिखरले बैज्ञानिक समाजबादी सत्ताले मात्रै क्रान्तिकारी भुमिसुधार कार्यक्रम लागु गरि भुमिहिन किसान सुकुम्बासी समस्या हल हुने जिकिर गर्नुभयो।

उहाले दलाल, बिचौलियाहरुका विरुद्धमा निर्मम संघर्ष गर्न महासंघलाइ अपिल समेत गर्नुभयो ।

भेलामा बाेल्दै संगठनका केन्द्रीय संयोजक कालिबहादुर सीले सरकारले दिने अनुदान वास्तविक किसानलाई नभई कागजी प्रक्रिया मात्र पूरा गरेका नक्कली किसानहरुले लिने गरेको भन्दै यसका विरूद्व संघर्ष गर्न निर्देशन दिनुभयो ।

उहाँले जमिनको स्वामित्व वास्तविक किसानमा रहनु पर्नेमा मुठ्ठीभर दलालहरुको हातमा रहेकोले किसानहरुले संघर्ष गर्नुको विकल्प नरहेको बताउनुभयो ।

पहलमान सीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सेक्रेटरी संगिन सी, संगठनका केन्द्रीय सदस्य केशव सी, थारू मुक्तिमोर्चाका केन्द्रीय सदस्य कामना सी, खड्ग सीकाे आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस