बर्दियाको शैक्षिक अवस्थाको एक झलक

भूमिकाः  देशभर शिक्षा क्षेत्र खस्किदै गएको छ । निजी तथा सामुदायिक विद्यालयहरुमा पढाई कमजोर बन्न थालेको छ । निजी विद्यालयहरु त चर्को शुल्क लिएर पढाउने गरिरहेका थिए नै तर सरकारी विद्यालयहरुले पनि शुल्क लिएर पढाउने गरेका छन । यो अवस्था शैक्षिक क्षेत्रका लागि पीडाको अवस्था हो । नेपालको संविधान २०७२ ले समेत माध्यमिक तहसम्मको शिक्षा निशुल्क तथा अनिवार्य गर्ने भनेको छ । तर व्यवहारमा त्यो कार्यान्वयन हुन सकेको छैन । चर्को शुल्क लिने, शिक्षामा व्यापार गर्ने तर गुणस्तरमा कमजोर हुने अवस्था देखिएको छ । २०८० सालको एसईई परिक्षाको नतिजाले पनि त्यसको पुष्टि गरेको छ । बर्दिया जिल्लाको एसईई परिक्षाको नजिता पनि चिन्ताजनक देखिएको छ । जिल्लाका ३१ वटा विद्याललयका २ हजार १२८ जना विद्यार्थी मध्ये १ सय १७ जना मात्र उत्तिण भएका छन । यसले लगानी अनुसारको प्रतिफल देखिएको छैन । अभिभावक तथा शिक्षाविदहरु चिन्तित छन । किन यस्तो भईरहको छ ? सबैको चासोको विषय बनेको छ । खासगरेर बर्दिया जिल्लाको २०८० सालको एसईई परिक्षाको नतिजा कस्तो आयो ? भन्ने बारे केही छलफल गर्न खोजिएको छ ।

शैक्षिक अवस्थाः बर्दियामा संस्थागत विद्यालयहरुले शैक्षिक शुल्कतिर मात्र होइन शैक्षिक सामग्रीको पनि ब्यापार गरेका छन । उनीहरुले बर्सै पिच्छे किताबहरु परिवर्तन गरी विद्यार्थीले थेग्न नसक्ने गरि किताबको झोला बोकाउने गरेका छन । यता विज्ञान र प्राविधिको तीब्र विकाससगै विद्यार्थीहरूको सोच्ने र बुझने शैलीमा पनि परिवर्तन आएको छ ।
आजका विद्यार्थीहरू शिक्षकको उपदेश सुन्न मन पराउँदैनन् । बरु शिक्षकले भन्दा बिद्यार्थीले आफूले सिक्न चाहेको कुरा नेट ईन्टरनेटबाट पहिले नै प्राप्त गरिसकेका हुन्छन् । संविधानमा ब्याबाहरिक, सिपमुलक र जीवन उपयोगी शिक्षा भनिएतापनि हाम्रो देशको भूगोल, कला संस्कृति, समाज र उत्पादनसँग शिक्षा जोडिएको छैन । नयाँ पुस्ताले चाहेको शिक्षा नेपालमा नभएकै कारण पनि आज देशको हजारौं दक्ष जनशक्ति बिदेशीन बाध्य भएको छ । यो बिषयमा राज्य भने गैरजिम्मेवार देखिएको छ । अभिभावकहरुको विशेषगरी आफ्नो बालबालिकाहरुको स्वभाव, संवेदनशीलता, आचरण, व्यवहार, आत्मविश्वास, आत्मसम्मान, सिक्ने क्षमता, सामाजिक सम्बन्ध कायम गर्न र सिप विकासमा महत्वपूर्ण भूमिका रहेको हुन्छ ।
त्यसैले बालबालिकाको पहिलो विद्यालय उनीहरुको घर मानिन्छ । त्यस्तै अभिभावक पहिलो शिक्षक हुन् । हिजोआज आफ्नो नानी बाबुहरुलाइ घरमा हेरचाह गर्न झन्झट मान्ने चलन छ । सानै उमेरमा नै स्कुलमा भर्ना गर्ने प्रचलन बढेको छ । अभिभावकहरुको व्यस्त दैनिकी र बालबालिकाहरूले दिने झन्झटबाट मुक्तिका लागि यो एक हिसाबले राम्रो पनि होला तर व्यावहारिक कोणबाट हेर्दा त्यति उपयुक्त मानिदैन । विद्यार्थीको सीप कला र फरक क्षमताको नापतौल गरिदैन केवल बालबालिकाको सिकाइ उपलब्धी भन्दा पनि पास र फेल भएको हेर्ने प्रचलन अभिभावकको हुन्छ । अहिलेको बर्तमान देशको शिक्षा प्राणालीले चाहेको कुरा पनि यही नै हो । यसको सिकार हाम्रो अभिभावकहरु भएका छन् ।

 एसईई नतिजाः राष्ट्रिय परीक्षा बोर्डले पहिलो पटक ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा २०८० सार्वजनिक गरेको छ । देशैभर ४८ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् भने ५२ प्रतिशत अनुउत्तिर्ण भएका छन् । बर्दिया जिल्लामा २३ प्रतिशत बिद्यार्थी मात्र उत्तिर्ण भएको तथ्यांक आएको छ । बर्दिया जिल्लाभरीका ३१ वटा माध्यमिक विद्यालयको रिजल्ट १० प्रतिशत भन्दा कम आएको छ भने ७ वटा स्कुल निल भएका छन् ।
सामुदायिक विद्यालयमा ४० प्रतिशत भन्दामाथि विद्यार्थी उत्तिर्ण गर्न सफल ७ वटा बिद्यालयहरु रहेका छन । जसमा शिवसुन्दर मावि ठाकुरबाबा ७१ प्रतिशत, शिवदुर्गा माबि दुर्गापुर मधुवन ६५ प्रतिशत, जनमुखी सेकेन्डरी स्कुल गुलरिया ६२ प्रतिशत, जगदम्बा माबि मढेला ठाकुरबाबा ६० प्रतिशत, नेरामाबि कर्मला ठाकुरबाबा ५३ प्रतिशत, नेरामाबि बेतहनी ठाकुरबाबा ५२ प्रतिशत र पूर्ण हिरा माबि लक्ष्मणा बाँसगढीले ४१ प्रतिशत विद्यार्थी उत्तिर्ण गरेका छन । जिल्ला भरीका ३१ वटा सामुदायिक विद्यालयहरुको नतिजा दयनीय छ ।
१० प्रतिशत भन्दा कम रिजल्ट ल्याउने बिद्यालयहरुमा नेरा शम्भुशरण माबि खैरापुर गुलरिया रहको छ । यो विद्यालयमा उत्तिर्ण १२ जना भएका छन भने एनजी ९८ जना भएका छन । यस्तै किसान माबि बनकट्टी ठाकुरबाबामा उत्तिर्ण ७ जना,एनजी ६४ जना, पांचजन्य नमुना माबि पदनाहा उत्तिर्ण १३ जना, एनजी १२५ जना, अमर सहिद माबि राजापुर उत्तिर्ण १० जना, एनजी ९८ जना, कोटही माबि तुलापुर गुलरिया उत्तिर्ण ४ जना, एनजी ४३ जना, जयकालिका माबि मुनालबस्ती बढैयाताल उत्तिर्ण ६ जना एनजी ६५ जना, आदर्श माबि मोतिपुर बाँसगढी उत्तिर्ण २ जना एनजी २३ जना, कालिका माबि चनौरा राजापुर उत्तिर्ण ७ जना, एनजी ८३ जना, पकुमाबि जयपुर राजापुर उत्तिर्ण ३ जना, एनजी ३६ जना र युवक माबि थानफेना बारबर्दिया उत्तिर्ण ४ जना एनजी ४९ जना छन् ।
जनता माबि गोला गेरुवा उत्तिर्ण ६ जना एनजी ८० जना, बबई शिशुमन्दिर माबि बर्गदा ठाकुरवाबा उत्तिर्ण २ जना एनजी २९ जना, मानपुर टपरा माबि राजापुर उत्तिर्ण ६ जना एनजी ८९ जना, जनज्योति माबि बनगाई बारबर्दिया उत्तिण २ जना एनजी ३६ जना, नेपाल राष्ट्रिय माबि गोडियाना राजापुर उत्तिर्ण ५ जना एनजी ९७ जना, रामजानकी माबि भैसासुर बाँसगढी उत्तिर्ण २ जना एनजी ४७ जना, जानकी माबि शिरकोइया गुलरिया उत्तिर्ण १ जना एनजी २४ जना, नेपाल राष्ट्रिय माबि गोब्रेपुर उत्तिर्ण १ जना एनजी २४ जना, महाकवि देवकोटा माबि गुलरिया उत्तिर्ण ३ जना एनजी ७६ जना, जानकी माबि जनकनगर गेरुवा उत्तिर्ण २ जना एनजी ५२ जना र नेरामाबि लक्ष्मणपुर बाँसगढी उत्तिर्ण ३ जना एनजी ९० जना छन् ।
महाकवि देवकोटा माबि गुलरिया खुल्ला उत्तिर्ण ४ जना एनजी १४० जना, भृकुटी माबि देउडाकला बाँसगढी उत्तिर्ण २ जना एनजी ७६ जना, अमरज्योती माबि सितापुर बढैयाताल उत्तिर्ण १ जना एनजी ३९ जना, ज्ञानज्योती माबि बढैयाताल उतिर्ण २ जना एनजी ७८ जना, सिम्हा माबि बेलबार बारबर्दिया उत्तिर्ण १ जना एनजी ४२ जना, पशुपती माबि पशुपतिनगर गेरुवा उत्तिर्ण २ जना एनजी ८५ जना, सरस्वती माबि शिवशक्तिपुर बढैयाताल उत्तिर्ण १ जना एनजी ४९ जना, नेरामाबि वेलबाबज्जा बारबर्दिया उत्तिर्ण १ जना एनजी ४२ जना, लालिगुराँस माबि माछागड बाँसगढी उत्तिर्ण १ जना एनजी ५४ जना र नेपाल राष्ट्रिय माबि प्रयागपुर गुलरिया उत्तिर्ण १ जना एनजी ६८ जना विद्यार्थी रहेका छन ।
जिल्लाभर जम्मा ३१ वटा स्कुलमा २ हजार १२८ जना विद्यार्थी मध्ये १ सय १७ जना मात्र उत्तिर्ण भएका छन् । जिल्ला भरिका ७ वटा सामुदायिक बिद्यालयहरुमा एसईई रिजल्ट शुन्य आएको छ । निल नतिजा आएका स्कुलहरुमा जनता माबि बेलवा बाँसगढी, नेरा गणेश माबि मनाउ गेरुवा, लक्ष्मी माबि चेपाङ बाँसगढी, जनता माबि बठुवा बाँसगढी, अमर सहिद दशरथ चन्द माबि बारबर्दिया, जगदम्बिका माबि शान्तिपुर बढैयाताल र पृथ्वी माबि लखना बाँसगढीमा जम्मा ४ सय ५८ जना विद्यार्थी मध्ये सबै जना अनुत्तीर्ण भएका छन् । सामुदायिक स्कुलका शिक्षकहरुले आफ्नो नानी बाबुहरुलाई चटक्क स्कुल ड्रेस टिफिन बोकाएर बोडिङ पठाउने गरेका छन । यसले शैक्षिक अवस्था खस्किएको छ ।

निश्कर्षः माथिको यो शैक्षिक अवस्थाले सहजै बुझन सकिन्छ कि नेपालको शिक्षा कस्तो छ ? यो शिक्षाले कता पुर्याउछ ? नेपालमा कस्तो जनशक्ति उत्पादन होला ? आदि प्रश्नहरु जन्माएको छ । सरकारले शिक्षा क्षेत्र सुधार नगर्ने हो भने नेपाल शैक्षिक बेरोजगार उत्पादन गर्ने थलो हुने निश्चित छ । त्यसैले पनि सरकारले शिक्षा क्षेत्रलाई नयाँ ढंगले सोच्नुपर्ने आवश्यकता छ । सामुदायिक विद्यालयमा त बढी नै शैक्षिक अवस्था खस्किदो छ । तर पछिल्लो समय संस्थागत विद्यालयहरुको अवस्था पनि राम्रो देखिएको छैन । यसले के माग गरेको हो भने नेपालमा नयाँ शैक्षिक नीति र योजनाको । यो कुरा राज्यमा बस्नेहरुले बुझन जरुरी छ । शिक्षालाई जति सर्वशुलभ,निशुल्क, गुणस्तरिय, व्यवहारिक तथा सीपमुलक बनाउन सक्यो त्यति नै नेपालको जनशक्ति आत्मनिर्भर बन्न सक्छ । नत्र भने नेपालमा गाह्रो हुने अवस्था छ । शिक्षामा देखिएको समस्या सुुधार गर्न सबै जिम्मेवार निकायहरु गम्भीरतापूर्वक सोचौ र सुधार गर्ने उपायमा लागौं ।

प्रतिक्रिया दिनुहोस