अमेरिका–चीन शीतयुद्ध चर्कियो, अमेरिकी कूटनीतिज्ञहरूले चीन छोडे

साउन १५, काठमाडौं । अमेरिका र चीनबीच तनाव बढिरहेको सन्दर्भमा अमेरिकी कूटनीतिज्ञहरूले चीनको चङ्दुस्थित अमेरिकी वाणिज्य दूतावास छोडेका छन् ।

अमेरिकामा रहेको चिनियाँ दूतावास बन्द गर्न अमेरिकाले निर्देशन दिएको केही दिनभित्रै चीनमा रहेको अमेरिकी वाणिज्य दूतावास पनि बन्द भएपछि अमेरिकी कूटनीतज्ञहरूले चीन छोडेका हुन् ।

अमेरिकी कदमको प्रतिक्रियास्वरूप चीनले उक्त वाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको समयसीमाभित्रै अमेरिकी कूटनीतिज्ञहरूले सोमबार बन्दोबस्तीका सामानसहित दूतावास छोडेका थिए । दूतावासबाट सबै सामान निकालिएको छ भने दूतावासमा झुन्ड्याइएको अमेरिकी झन्डासमेत झिकिएको समाचारहरूमा जनाइएको छ ।

यसअघि चीनले आफ्नो बौद्धिक सम्पत्ति चोर्नका लागि अमेरिकामा रहेको वाणिज्य दूतावासको प्रयोग गरिरहेको आरोप लगाउँदै अमेरिकाले चिनियाँ वाणिज्य दूतावास बन्द गर्न आदेश दिएको थियो ।

चीनसँगको व्यापार तथा कोरोना भाइरस महामारीसम्बन्धी सुरक्षा कानुनको विषयलाई लिएर चीन र अमेरिकाबीचको सम्बन्ध बिग्रँदो अवस्थामा छ । पहिल्लो समय शक्ति सम्पन्न राष्ट्र अमेरिका र चीनबीचको शीतयुद्ध खतरापूर्ण बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस