नेकपा महासचिव विप्लवको चेतावनी ‘जबर्जस्त एमसीसीे कार्यान्वयन गरे ५२ साल जन्मिनेछ’

१३ भाद्र,काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले जबर्जस्त एमसीसी नेपालमा कार्यान्वयन गरे २०५२ साल जन्मिने चेतावनी दिनु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी सहित चारदलको आयोजनामा आज एमसीसी कार्यान्वय परियोजना विरुद्ध काठमाडौमा निकालिएको विरोध प्रदर्शनपछिको कोणसभालाई सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो चेतावनी दिनु भएको हो ।

उहाँले नेपालमा अमेरिकी साम्राज्यवादका दलाल तथा तलुवा ताट्नेहरुका कारण नेपालमा जबर्जस्त द्धन्द्ध फैलाउन खोजीएको वताउनु भयो ।
महासचिव विप्लवले भन्नु भयो “एमसीसीको विरुद्धमा सडकमा आउने नेपाली जनता माथि दमन गर्न पाईने छैन । सिहंहदरवारमा मात्र सत्ता छैन । गाउँमा जनताको सत्ता पनि छ । एमसीसीलाई अमेरिकी दलालहरुले पास गरेपनि नेपाली जनताले पास गरेका छैनन् । यदि जबर्जस्त कार्यान्वयमा लिन खोजे नेपालमा ५२ साल दोहोरिनेछ ।”

महासचिव विप्लवले दलालहरुको अत्याचारले २०५२ सालमा जनयुद्ध जन्मिएको भन्दै फेरी पनि सामा्रज्यवादी र उसका दलालहरुको अत्याचार बढदै गए नेपाली जनताले नयाँ जनयुद्धको नेतृत्व गर्नु पर्ने अवस्था आउने वताउनु भयो ।

उहाँले ३ करोड नेपाली जनताको बीचमा केही ज्यूदा मान्छेहरु पनि वाँकी रहेको भन्दै नेपालमा अमेरिकी डलर खाएकाहरु ज्यूदो लास भएको वताउनु भयो ।
विप्लवले भन्नु भयो “यो देशमा असल मान्छेहरु पनि छन । ज्यूदा मान्छेहरु पनि छन । देश र जनतालाई संकट पर्दा काँध थाप्ने मान्छेहरु पनि छन । हामी आगोको झिल्को हांै । साम्राज्यवाद र उसका दलालहरुका विरुद्ध डडेलो झै फैलिन सक्छौ ।”

उहाँले पूर्व सुरक्षाकर्मी,पूर्व जनरल,राष्ट्रवादी पत्रकार,वुद्धिजीवी,क्रान्तिकारी कम्युनिष्ट लगायत देशको माया भएका शक्तिहरु एमसीसी विरुद्ध सडकमा उत्रिएको भन्दै यो कुनै पनि हालमा नेपालमा कार्यान्वयन हुन नदिने चेतावनी दिनु भयो ।

उहाँले केही लाख डलरका लागि नेपालका दलाल नेता र खडक विष्ट जस्ता व्यक्तिहरु देश र जनता विरुद्ध गद्दारी गरिरहेको टिप्पणी गर्नु भयो ।
महासचिव विप्लवले नुवाकोटको रातेमाटे, पाल्पा,तनहु,रुपन्देही लगायतका ठाउँहरुका जनतालाई आफ्नो भूमी नवेच्न आग्रह गर्दै नेपालको सयौ रोपनी जमिन एमसीसीले कौडीको भाउमा किनेको वताउनु भयो ।

उहाँले नेपाली जनताको त्यो जमिन अमेरिकीहरुको हुन नसक्ने र त्यो जमिन नेपाल कम्युनिष्ट पार्टीले कव्जा गरी सुकुम्वासीहरुलाई वितरण गर्ने ठोकुवा गर्नु भयो ।
विकासको नाममा नेपालाई युक्रेन वनाउन खोजेको अमेरिकी साम्राज्यवादले एमसीसीको बाटोवाट नेपाल आएको भन्दै विप्लवले भन्नु भयो “यो विकास होइन,अमेरिकी हस्तक्षेप हो । राष्ट्रिय स्वाधीनता माथीको आक्रमण हो । चीन घेर्ने र नेपालका कम्युनिष्टहरु सिध्याउने योजना हो ।“
उहाँले कम्युनिष्टको रातो झण्डा समेत साम्राज्यवादले हेर्न नचाहको समेत वताउनु भयो ।

विप्लवले नेपाल सरकारलाई समेत एमसीसी कार्यान्यनमा नलैजान आग्रह गर्नु भयो । उहाँले सरकारले जबर्जस्त कार्यान्वय गरे त्यो सहन नसकिने पनि वताउनु भयो । उहाँले समाजवादी मोर्चामा रहेका र सरकारमा समेत रहेका दलको गलत रवैयाले समाजवादी मोर्चाको कार्यक्रम समेत आफ्नो पार्टीले स्थगित गरेको खुलासा गर्नु भयो ।

महासचिव विप्लवले प्रचण्ड सरकारलाई खुल्ला चुनौती दिदै भन्नु भयो “कित यो सरकार नेपाली जनता तिर लाग्नु पर्यो कित अमेरिका तिर लाग्नु पर्यो यो फैसाला गर्नु पर्छ ।”
उहाँले साम्रज्यवादका विरुद्ध लडनुपर्ने वेला नेपाली जनताले आफ्नै सेना वनाउनु पर्ने अवस्था आउन सक्ने समेत वताउनु भयो ।

विप्लवले हरेक नेपालीले पार्टी,जाति,समुह भन्दा माथि उठेर देश र जनताको रक्षाको लागि एकतावद्ध भएर एमसीसी विरुद्ध ंसंघर्षमा उत्रिन आहवान गर्नु भयो ।

उहाँले युवा विद्यार्थीहरुलाई विशेष महत्व दिदै सवै ९ देखि १२ कक्षा पढ्ने युवा विद्याथीहरुले निरास भएर विदेश तिर जाने नभई देशको स्वाधीनताको लागि संघर्ष गर्न अपिल गर्नु भयो ।

महासचिव विप्लवले नेपालका केही डलरवादी मिडियाहरु र वुद्धिजीवी भन्नेहरुले युवा विद्यार्थी माथि निरासा फैलाएको आरोप समेत लगाउनु भयो ।

प्रतिक्रिया दिनुहोस