१५ साउन, काठमाडौं । पाकिस्तानमा भएको बम विस्फोटमा मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।
एक सय जना घाइते बढी भएका छन् ।
पाकिस्तानको उत्तर पश्चिममा पर्ने खैबर पख्तुनख्वा प्रान्तको बाजौर जिल्लामा आइतबार एक ¥यालीमा बम विस्फोट भएको थियो ।
विस्फोटमा ४४ जनाको मृत्यु भएको र १०० जना बढी घाइते भएको खैबर पख्तुनख्वा राज्यका स्वास्थ्य मन्त्री रिवाज अनवरले समाचार एजेन्सी एपीलाई जानकारी दिनु भएको छ ।
आत्मघाती आक्रमण भएको र यसबारे प्रहरीले अनुसन्धान जारी राखेको उहाँले बताउनु भएको छ ।
आक्रमणमा कसको संलग्नता छ भन्ने खुलेको छैन । खैबर पख्तुनख्वाको सिमाना अफगानिस्तानसँग जोडिएको छ ।
यसैबीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले आक्रमणको निन्दा गर्नु भएको छ ।