१० भाद्र, कपिलवस्तु । विप्लव नेतृत्वको नेकपा (माओवादी)ले रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीेले पुर्याएको अकल्पनीय धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गरेको छ ।
पार्टीका महासचिव विप्लव सीेले वुधवार साँझ एक वक्तव्य जारी गर्दै बाढीले पुर्याएको अकल्पनीय धनजनको अपूरणीय क्षतिप्रति पार्टी स्तव्ध र दःुखित भएको उल्लेख गर्नु भएको हो ।
पार्टीले बाढीमा परी निधन हुनुभएका सयौं नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
माओवादीले बाढीमा परी घाइते हुनु भएका नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।
नेकपा (माओवादी)ले उद्धार र राहत कार्यमा सिंगो पार्टीपंक्तिलाई खटिन निर्देशन दिदै उद्धार र राहतका लागि कुनै कमी कसर बाँकी नराख्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
पार्टीेले विज्ञप्ति मार्फत सरकारलाई भनेको छ “बाढीको चपेटामा फसेका नागरिकहरूको उद्धारमा राज्यको सम्पूर्ण साधन स्रोत परिचालन गरोस् । पीडित नागरिकहरूको थप बिचल्ली नहोस् ।
घाइते नागरिकहरूको द्रुत उद्धार र निःशुल्क उपचारको व्यवस्था गरोस् । बाढीबाट सर्वस्व गुमाएका नागरिकको उचित व्यवस्थापन गरोस् । भोटेकोशी बाढीको प्रभाव र क्षति इतिहासकै ठूलो मध्ये भएकाले राज्य र नागरिक सम्मिलित विशेष राहत कोष खडा गरियोस् साथै संयुक्त परिचालन समिति निर्माण गरियोस् ।”
माओवादीले यो विपत्तिमा देश र विदेशमा बसोबास गर्ने सबै नेपाली नागरिकहरूमा सहयोगको अपिल गर्दै सबै मित्र देशहरूलाई अन्तर्राष्ट्रिय मानवीय भावनाको संस्कार अनुरूप राहत अभियानमा सहभागी बन्न समेत विशेष आग्रह गरेको छ । आज विहान साढे ९ बजे आएको बाढीले सयौ घर बगाएको छ, भने सयौ नागरिकहरु वेपत्ता बनाएको छ । बाढीमा परी आज साझँसम्म ९५ जनाको मृत्यु भएको छ ।
