बैङ्कको मिलेमत्तोमा अर्कैको घरजग्गा आफ्नो नाममा लिने नयाँ पत्रिकाका निर्देशक थापालाई कडा कार्बाही गर्न नेकपाको माग

१५ साउन,काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बैङ्कको मिलेमत्तोमा अर्कैको घरजग्गा आफ्नो नाममा लिने नयाँ पत्रिकाका कार्यकारी निर्देशक सुशील थापालाई कडा कार्वाही गर्न माग गरेको छ ।

नयाँ पत्रिका राष्ट्रिय दैनिकका कार्यकारी निर्देशक थापाले कर छली र ठगी गरी अर्कैको घर जग्गा हडपेको भन्दै यथाशिघ्र कार्वाही गर्न सरकारसंग माग गरेको हो ।

नेकपाका कार्यकर्ताहरुले सोमवार काठमाडौंको बुढानिलकण्ठ स्थित थापाकै घर अगाडि विरोध प्रदर्शन गर्दै कर छली र ठगीमा संलग्न थापा माथि यथाशिघ्र कडा कार्वाही गर्न नेकपाका नेता कार्यकर्ताहरुले माग गरेका हुन ।

नयाँ पत्रिका राष्ट्रिय दैनिकका कार्यकारी निर्देशक थापाले ढुवानी व्यवसायी ज्ञान गोविन्द वैद्यको नाममा रहेको काठमाडौंको बरमहलको झण्डै १० आना जग्गा र त्यसमा बनेको घर कर छली र ठगी गरि आफ्नो नाममा गर्नु भएको छ ।

नयाँ पत्रिकाका कार्यकारी निर्देशक थापाले करिव ७ करोड मुल्य पर्ने घरजग्गालाई क्रिष्ट बैङ्कको मिलेमत्तोमा २ करोडमा हात पारेको नेकपाले दाबी गरेको छ ।
थापाले वैद्यको घरजग्गालाई आफ्नो परिवारको नाममा नामसारी गर्नु भएको छ ।

किस्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत कमल ज्ञवालीको मिलेमत्तोमा कानुनी प्रक्रिया मिलाई थापाले आफ्नो नाममा नामसारी गरेको पाइएको खुलासा भएको हो ।

पीडित बैद्यले आफूलाई जानकारी नगराई भूमाफिया तथा बैङ्कका प्रोमोटर मधुसूदन सिलवाल, बैङ्कका तत्कालिन सीईओ कमल ज्ञवाली र पत्रिकाका कार्यकारी निर्देशक थापाले प्रभु बैङ्कको केन्द्रीय कार्यालय पछाडिको घरजग्गा करछली तथा ठगीगरी खाएको पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी समेत गराउनु भएको थियो ।

वैद्यले किष्ट बैङ्कबाट लिएको करिव तीन करोड ऋणको पटक–पटक गरी ४२ लाख ब्याज तिर्दातिर्दै पनि एक बर्ष सात महिनाको अवधि भित्रै बैङ्कले लिलाम बोली योजनावद्ध थापाले लुटेको पीडित परिवारको आरोप छ ।

घरजग्गा धनीलाई समेत जानकारी नगराई बैङ्कले बदमासी गर्नु जाहेज नभएको भन्दै नेकपाले बैङ्क र पत्रिकाका कार्यकारी निर्देशक थापालाई कडा कार्वाही गरिनुपर्ने माग गरेको छ ।

प्रदर्शन पछिको कोण सभालाई सम्बोधन गर्दै नेकपा नेता चिरञ्जीवी सीले सर्वसाधारण जनतालाई ठगेर उठिवास नलगाउन चेतावानी दिनु भएको छ । उहाँले यस्ता ठगहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउन पनि सरकारसंग माग गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस