समाजवादी मोर्चाले देशको संकटको समाधान दिनेछः कर्णाली मुक्ति मोर्चाका संयोजक विराट सी

१५ साउन,दैलेख । कर्णाली मुक्ति मोर्चाका केन्द्रीय संयोजक विराट सीेले चार दल सम्वद्ध गठित समाजवादी मार्चाले देशको वर्तमान संकटको समाधान दिने दाबी गर्नु भएको छ ।

कर्णाली मुक्ति मोर्चाद्वारा सोमबार दैलेखमा आयोजना गरिएको “वर्तमान राजनीतिक संकट,समाजवादी मोर्चा र कर्णालीको भूमिका बिषयक” अन्तत्र्रिmया कार्यक्रमलाई सम्बोधन गर्दै मोर्चाका संयोजक विराट सीले यस्तो दाबी गर्नु भएको हो ।

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य समेत रहनु भएका संयोजक विराट सीले दलाल संसदीय व्यवस्था पूर्ण असफल भएकाले नेपालमा समाजवादी व्यवस्थाको विकल्प नभएको वताउनु भयो ।

उहाँले समाजवादी मोर्चा संसदीय व्यवस्थालाई संरक्षण गर्न नबनेको र यो मोर्चाले समाजवादी गणतन्त्र ल्याउने उद्देश्यले गठन भएको ठोकुवा गर्नु भयो ।
उहाँले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको भएपनि संसदीय व्यवस्थाको पुरानो चरित्रका कारण फेरी पनि कर्णालीको बिकासप्रति सौतेनी व्यवहार देखिएको वताउनु भयो ।

संयोजक विराट सीले कर्णालीको वास्तविक मुक्तिको लागि कर्णाली मुक्ति मोर्चा आवश्यक भएको भन्दै यसले कर्णालीको परिवर्तनका लागि संघर्ष गर्ने वताउनु भयो ।

अन्तक्र्रिया कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यकर्णाली व्यूरो ईन्चार्ज विवेक सीले समाजवाद नेपालको गन्तव्य भएको वताउनु भयो ।

नेकपा केन्दीय सदस्य तथा दैलेख जिल्ला ईन्चार्ज कलम सी,नेकपा माओवादी (केन्द्र)का केन्द्रीय सदस्य टेक बहादुर खाण लगायतका बक्ताहरुले सम्वोधन गर्दै नेपालमा दलाल पूँजीवादले संकट ल्याएको भन्दै समाजवाद नेपालमा जरुरी भएको धारणा राखेका थिए ।

कर्णाली मुक्ति मोर्चा,नेपाल दैलेखका संयोजक परिवर्तन सीको अध्यक्षतामा सम्पन्न अन्तक्र्रिया कार्यक्रमको सञ्चालन नेकपा दैलेखका सेक्रेटरी प्रकाश सीले गर्नु भएको थियो ।

कार्यक्रममा दैलेका व्यवसायी ,नागरिक समाज,जिल्लामा क्रियाशिल पत्रकारहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस