श्रावण १६, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट २४ घन्टामा थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । मन्त्रालयका अनुसार मृत्यु हुनेमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ११ श्रीपुर निवासी ५६ वर्षीय पुरुष रहनु भएको छ ् । उहाको साउन १५ गते मृत्यु भएको थियो । साउन ६ गते कोरोना पुष्टि भएका उहा मुटु रोगी हुनुहुथ्यो । उहाको आईसीयू र भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
त्यसैगरी पर्सा जिल्ला वीरगन्ज महानगरपालिका १६ निवासी ३५ वर्षीय साउन १५ गते गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको छ ।
पर्सा जिल्ला वीरगन्ज महानगरपालिका २ छपकैया निवासी ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । उहाँ पुरुषको साउन १५ गते मृत्यु भएको हो ।
पर्सा जिल्ला वीरगन्ज महानगरपालिका ११ स्थायी घर भइ ललितपुर थसीखेल–५ बस्ने एक ६५ वर्षीया महिलाको पनि कोरोना संक्रमणले मृत्यु भएको हो । उहा मधुमेह तथा रक्तचापका बिरामी हुनुहुथ्यो । साउन ६ गते पाटन अस्पताल भर्ना हुनु भएकी उहाँको साउन १६ गते मृत्यु भएको हो ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित कोभिड–१९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको बताउनु भएको छ ।