१४ भाद्र,काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले अमेरिकी साम्राज्यवादको ५० अर्बमा नेपाल दास हुन नसक्ने बताउनु भएको छ ।
महसचिव विप्लवले वुधवार साँझ “प्राईम टेलिभिजनको जनता जान्न चाहान्छन” कार्यक्रममा वोल्दै साम्राज्यवादको ५०अर्बमा नेपाल दास हुन नसक्ने बताउनु भएको हो ।
उहाँले भने “५० अर्बमा देशलाई सौदावाजी गर्न मिल्दैन । देश र जनता माथि घात गर्न मिल्दैन । नेपालका दलालहरुका विदेशमा लुकाएको एक जनाकै पैसा ५० अर्व होला । नेपालको लुकाएको सम्पति खोज्नुपर्छ । नेपालमाथि गिद्धेनजर लगाउने योजनामा आएको पैसा लिनु हुदैन ।”
उहाँले नेपाल पैसाको गरिव देश नभएको भन्दै केही दलालहरुको गरिव र दरिद्र मानसिकता मात्र भएको दावी गर्नु भयो ।
महासचिव विप्लवले नेपाललाई सिक्कीम बनाउन खोज्ने केही लेण्डुप दोर्जेहरु जन्मिएको बताउदै उनीहरुलाई जनताले समयमै चिन्नुपर्ने बताउनु भयो ।
उहाँले एमसीसी नेपाली जनताले कुनै पनि हालतमा स्वीकार नगरेको ठोकुवा गर्नु भयो ।
उहाँले भन्नु भयो “एमसीसीलाई नेपाली जनताको बीचमा निर्णय गर्न दिनुपथ्र्यो । दलालहरुको हिम्मत भए एमसीसी ठिक वा वेठिक भन्ने वारे जनमतसंग्रह गर्नु पथ्र्यो । केही संसदमा भएका दलालहरुले मात्र निर्णय गरेर जनताले मान्दैनन् । यो नेपालमा लागु हुन सक्दैन ।”
महासचिव विप्लवले सुरु सुरुमा विरोध गर्ने नेपालका नेताहरु पछि राता रात एमसीसीको पक्षमा वोल्दा आफू अच्चमित भएको र नेपाली जनताले उनीहरुलाई राम्रो संग चिनेको वताउनु भयो ।
उहाँले नेपालमा कुनै पनि हालतमा एमसीसी कार्यान्वय हुन नसक्ने र एमसीसीले किनेको जमिनमा सुकुम्वासी तथा वाढी पीडितहरुलाई बसाल्ने चेतावनी दिनु भयो ।