नेकपाले सल्लाह विना उठाएको १ लाख ८४ हजार फिर्ता गर्यो


कात्तिक १५ कैलाली । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कैलालीले पार्टी संग सल्लाह विना २ जना जिल्ला सदस्यहरुले जनता वाट उठाएको १ लाख ८४ हजार रुपैया फिर्ता गरेको छ ।
जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ५ डोडा गाउँका स्थानीय दायराम डगौँरा थारु वाट लिएको १ लाख ८४ हजार ७ सय रुपैयाँ फिर्ता गरेको नेकपा कैलालीले जनाएको छ । पार्टीका दुई जना जिल्ला सदस्यले पार्टीको नीति, निर्देशनको अवज्ञा गर्दै आर्थिक सङ्कलन गरेकाले जनताको रुपैया फिर्ता गरेको सेक्रेटरी करण चौधरीले वताउनु भएको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सेक्रेटरी करण सहित अन्य नेता कार्यकर्ताहरु स्थानीय दायराम डगौँरा थारुको घरमा पुगेर रकम फिर्ता गर्नु भएको थियो ।
पार्टीको नीति, निर्देशन विपरीत पार्टीका कार्यकर्ता बाट रकम सङ्कलन भएकाले सम्बन्धित व्यक्तिलाई रकम फिर्ता गरिएको भन्दै रकम उठाउने कार्यकर्तालाई समेत कारबाही हुने सेक्रेटरी करण थारुले बताउनु भयो ।
पार्टी सधैँ जनता प्रर्ति उत्तरदायी हुने र जनतालाई घात हुने काम पार्टी बाट नहुने उहाँले स्पष्ट पार्नु भयो ।

प्रतिक्रिया दिनुहोस