ज्वाला खबरका सह-सम्पादक पूर्व राष्ट्रपतिबाट सम्मानित

१८ जेठ, काठमाडौं । ज्वाला खबरका सह-सम्पादक कर्ण विश्वकर्मालाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कृत गर्नुभएको छ ।

राष्ट्रिय दलित पत्रकार संघ, नेपालले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलकाे स्मृतिमा स्थापना गरिएको “सहिद दिलबहादुर रम्तेल निर्भीक पत्रकारिता पुरस्कार २०८३” ले पूर्व राष्ट्रपति भण्डारीले पत्रकार विश्वकर्मालाई पुरस्कृत गर्नुभएको हाे ।

साेमबार काठमाडौंमा उद्घाटन भएको राष्ट्रिय दलित पत्रकार संघ, नेपालको दाेस्राे राष्ट्रिय महाधिवेशनमा पूर्व राष्ट्रपति भण्डारीले १० हजार नगद पुरस्कार राशी र प्रमाणपत्र सहित सम्मान गर्दै पुरस्कृत गर्नुभएको थियो ।

पत्रकार विश्वकर्माले कालिकोट र कर्णालीमा ज्वाला खबर मार्फत भ्रष्टाचार, बेथिति विरूद्व तथा दलित अधिकारका सवालमा निर्भिकताका साथ कलम चलाएका कारण पूर्व राष्ट्रपति भण्डारीबाट सम्मान गरिएको हाे ।

उहाँले निर्भिक भएर पत्रकारिता गरेकै कारण केही स्वार्थ समुहको धम्कीले असुरक्षित भएर बेथिति विरूद्व र दलित अधिकारकाे पक्षमा कलम चलाइरहनु भएको छ ।

गाेरखका ११ वर्षीय दिलबहादुर रम्तेललाई माओवादीको आराेपमा तत्कालीन सरकारले जनयुद्ध शुरू भएको १४ दिनभित्र २०५२ साल फागुन १४ गते हत्या गरेको थियो ।

रम्तेल जनयुद्धको पहिलो सहिद मात्रै नभई दलित समुदायबाट पनि रगत बगाउने पहिलो सहिद मानिनुहुन्छ ।

त्यसैले उहाँको नाममा स्थापना गरिएको पुरस्कार राशीले पत्रकार विश्वकर्मालाई सम्मान गरिएको राष्ट्रिय दलित पत्रकार संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस