२४ जेठ, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा कर्णाली पर्यटन तथा सांस्कृतिक महाेत्सव २०८३ शनिबार भव्यताका साथ सू-सम्पन्न भयाे ।
नरहरिनाथ गाउँपालिका कालिकोट र कर्णाली कलाकार प्रतिष्ठानको संयुक्त आयाेजनामा सू-सम्पन्न महाेत्सवमा कर्णालीकाे देउडा, कालिकोटकाे हुड्के नाँच, सांस्कृतिक झाँक्री, सुर्खेती टप्पा, सल्यानी भाका, सिंगारू नृत्य, रूकुम पश्चिमकाे मयुर नाँच, जुम्ली, हुम्ली र मुगाली भाका लगायतका विविध सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरिएका थिए ।
कर्णालीकाे विकास, पर्यटन प्रबर्द्धन, कला संस्कृतिकाे जर्गेना गर्न संघीय सरकारकाे समेत ध्यानाकर्षण हाेस् भन्ने उद्देश्यले आयाेजना गरिएको महाेत्वसका प्रस्तुतिले काठमाडौं हल्लाएकाे छ ।
फाेटाे फिचर


































