कालीकोटमा अटो दुर्घटना हुदा एक जनाको मृत्यु, तीन जना घाईते

२५ साउन, कालीकोट । जिल्लाको खाँडाचक्र नगरपालिकाको पिलीमा सोमवार अटो दुर्घना हुदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाईते भएका छन ।

दुर्घटनामा महावै गाउँपालिका–५, गेलाका ३५ वर्षीय मंगलबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख हिमबहादुर खत्रीले जानकारी दिनु भयो ।

सुर्खेत– जुम्ला राजमार्ग अन्तर्गत खाँडाचक्र नगरपालिका– ७, पिलीमा कर्णाली प्रदेश ०२००१ ह ११९४ नम्बरको अटो दुर्घटना भएको हो ।

पिलीबाट सदरमुकाम मान्मतर्फ आइरहेको सो अटो सडकको पर्खालमा ठोकिएर दुर्घटना भएको थियो ।

दुर्घटनामा महावै गाउँपालिका–५ गेला निवासी २५ वर्षीया सबिना शाही, महावै–६ की २६ वर्षीया प्रतिमा आचार्य र महावै–५ का २९ वर्षीय कुलप्रसाद भट्टराई गम्भीर घाईते भएका छन ।

उनीहरुको थप उपचारका लागि दुई जनालाई नेपालगन्ज रेफर गरिएको छ भने एक जनालाई जुम्ला पठाइएको छ ।

अटो चालक खाँडाचक्र नगरपालिका–७ पिलीका ४७ वर्षीय कृष्णबहादुर मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस