
साउन २६, काठमाण्डौ । गोंगबुमा आइतबार कृष्णबहादुर बोहराको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एक महिलालाई सोमबार साँझ नियन्त्रणमा लिएको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले चितवनबाट कल्पना शाहीलाई नियन्त्रणमा लिएको हो । प्रहरी स्रोतका अनुसार उनलाई चितवनबाट काठमाडौं पुर्इएको छ ।
ती महिला र हत्या गरिएका बोहोरा गोंगबुमा एउटै फ्ल्याटमा बस्दै आएको प्रहरीले जनाएको छ । उहाका श्रीमान् भने विदेशमा हुनुहुन्छ ।
गोङ्गबुको गणेशस्थान नजिकै सडक छेउ सुटकेसभित्र आइतबार शव भेटिएको थियो । उक्त सुटकेस भित्रको शवमा टाउको र खुट्टा भने छुट्टिएको थियो ।
पछि प्रहरीले डग स्कुलबाट तालिमप्राप्त कुकुरको सहायता लिई टाउको र खुट्टा ३ सय मिटर पर झोलामा भेट्टाएको थियो ।
प्रहरीले सोमबार दिउँसा सम्म शवको सनाखत गर्न सकेको थिएन । हत्या गरिएका बोहराको तस्वीर दिउँसो सार्वजनिक गरेपछि उहाको पहिचान खुलेको थियो ।
हत्या गरिएका कृष्णबहादुर बोहराको भाडामा वस्ने घर
प्रहरीका अनुसार उहाका मामा सम्पर्कमा आएपछि प्रहरीले घटना भएको घर पनि फेला पारेको हो । दाङ निवासी मृतक बोहोरा गोंगबु नयाँ बजार क्षेत्रको गार्मेन्ट उद्योगमा काम गर्नु हुन्थ्यो ।