भूमि आयोगको ७७ वटै जिल्लामा समिति गठन, वाँकेको अध्यक्षमा ढकाल


१९ माघ, वाँके । भूमि सम्बन्धी समस्या समाधान आयोगको सबै जिल्लामा जिल्ला समिति गठन भएको छ । १५ माघमा बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला समितिको अध्यक्ष, विज्ञ र सदस्य गरी तीन सदस्य समिति चयन गरेको हो । वाँकेमा भने नेपालगंज उपमहानगरपालिका २० कि शान्तिदेवी ढकाल अध्यक्ष , नेपालगंज उपमहानगरपालिका १६ का तेज कुमार धिताल विज्ञ र नेपालगंज उपमहानगरपालिका १६ कै गोपाल गिरी सदस्य रहनु भएको छ ।
आयोगले भूमिहीन दलित, भूमिहीन सुकुमबासी, अव्यवस्थित बसोबासी लगायतलाई जग्गा वितरण गर्न गत वर्ष गठित आयोगले विभिन्न पालिकाहरूमा लगत संकलन सुरु गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस