जनपत्रकार संगठनले कर्णाली प्रदेशका जिल्लामा एकै साथ वुझायो ज्ञापन पत्र

पत्रकार विमा राज्यले ५ लाख पुर्याउन माग

माघ १८, कालिकोट । जनपत्रकार संगठन नेपालले कर्णाली प्रदेशका १० र लुम्विनी प्रदेशका दुई जिल्ला सहित १२ जिल्लामा एकै दिन नेपाल पत्रकार महासंघको प्रदेश र जिल्ला शाखा कार्यालयहरुमा ज्ञापन वुझाएको छ ।

मंगलवार जनपत्रकार संगठन नेपालले श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक तथा पेशागत सुरक्षा हुनु पर्ने,लगायतका महासंघ सुधारका विभिन्न ६ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।

जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेशका अध्यक्ष वसन्त विकले हस्ताक्षर गरेको ज्ञापन पत्र प्रदेश सदस्य अशोक शाहीको नेतृत्वमा महासंघको प्रदेश कार्यालयमा पुगेको टिमले महासंघका प्रदेश अध्यक्ष देवीराम देवकोटालार्ई वुझाईएको छ ।

ज्ञापनपत्रमा श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक, पेशागत सुरक्षा र स्थायित्वलाई सुनिश्चित गर्न ठोस कदम चालि कोभिडका कारण रोजगार गुमाएका संचारकर्मीको पुनस्र्थापना, राहत र स्वास्थ्य उपचारका लागि पहल गर्नु माग गरिएको छ ।

यस्तै नेपाल सरकार द्धारा विमाङ्क रकम हाल्ने गरि श्रमजीवी पत्रकारहरुको निशुल्क ५ लाख वरावरको स्वास्थ्य विमा गर्न सम्वन्धित ठाउँमा पहल गर्न महासंघको ध्यानाकर्षण गराउदै जनपत्रकार संगठन कर्णाली प्रदेशले विमा गर्दा सहज र सजिलो प्रक्रियावाट हुने गरि सवै पत्रकारहरुमा पूर्ण रुपमा कार्यान्वय गर्न माग गरेको छ ।

जनपत्रकार संगठन नेपालले भनेको छ “महासंघका सदस्यहरुको सुद्धिकरण गर्दै सवै पत्रकार संगठन र पत्रकारहरुको महासंघमा सहभागिताका लागि थप मर्यादित र जिम्मेवारी हुदै पत्रकारिता गरिरहेका पत्रकारलाई सहज र निश्पक्ष रुपमा सदस्यता प्राप्त हुने सुनिश्चित वातावरण गरिहोस् ।”

यस्तै आफ्नो ज्ञापन पत्रमा जनपत्रकार संगठनले नेपाल पत्रकार महासंघले परिचालन गर्ने आर्थिक कारोवार पारदर्शि हुनु पर्ने, केन्द्र, प्रदेश र स्थानिय सरकारवाट प्राप्त हुने विज्ञापनहरु महासंघ मार्फत समानुपातिक प्राणालीवाट सवै मिडियाहरुले पाउने वातावरण हुनु पर्ने र पत्रकारहरुको क्षमता बृद्धि विकास गर्न तालिम र प्रशिक्षणको व्यवस्था गरिनु पर्ने माग गरेको छ ।

ज्ञापनपत्र ग्रहण गर्दै महासंघका कर्णाली प्रदेश अध्यक्ष देवकोटाले मागपत्रप्रति आफु संवेदनशील रहेको र जायज मागहरु पुरा गर्ने प्रतिवद्धता जनाउनु भयो ।

यस्तै जनपत्रकार संगठन नेपाल कालिकोट, जनपत्रकार संगठन नेपाल सल्यान, जनपत्रकार संगठन नेपाल वर्दिया, जनपत्रकार संगठन नेपाल बाँके, जनपत्रकार संगठन नेपाल पश्चिम रुकुम, जनपत्रकार संगठन नेपाल डोल्पा, जाजरकोट लगायतका जिल्लाहरुले पनि नेपाल पत्रकार महासंघका शाखा कार्यालयहरुमा पुगि ज्ञापन पत्र वुझाउदै महासंघको गम्भीर ध्यानाकषर्ण गराएका छन ।

वाँके शाखामा जनपत्रकार संगठनका कर्णाली प्रदेशका अध्यक्ष वसन्त विक सहित जिल्लाका अध्यक्ष कमल अधिकारीको टोलीले वाँके शाखाका सचिव कमल डाँगीलाई भेटि ज्ञापन पत्र वुझाएको छ ।

 

ज्ञापन पत्रको पूर्ण पाठ

प्रतिक्रिया दिनुहोस