१७ फागुन, कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले नेपालमा गफ गर्ने पार्टी नभई काम गर्ने नेता र पार्टी चाहिएको बताउनु भएको छ ।
शनिवार रुप्साको चिसापानीमा त्रिवेणी साझेदारी भेडाफर्मको उद्घाटन कार्यक्रममा वोल्दै नेकपाका स्थायी समिति सदस्य भरत सीले गफ गर्ने नभई काम गर्ने नेता र पार्टी नेपालमा चाहिएको बताउनु भएको हो ।
उहाँले त्यस्तो पार्टी नेकपा र नेता विप्लव मात्र भएको दाबी गर्नु भयो । नेता भरत सीले नेपालमा आफ्नै उत्पादन गरेर रुपैया आफै बनाउने कममा लाग्नु पर्ने बताउनु भयो ।
उहाँले नेपालमा दलाल पुँजीवादी व्यवस्थाका कारण जनता र सहिद परिवारको सपना पुरा नभएको भन्दै समाजवादी व्यवस्था आवश्यक भएको जिकिर गर्नु भयो । उहाँले अबको क्रान्ति उत्पादन क्रान्ति भएको बताउनु भयो ।

कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेस सीले युवाहरु नेपालमै श्रम गर्ने बानी वसाल्नु पर्ने बताउनु भयो । उहाँले भेडाफर्म उद्घाटन गर्न महासचिव विप्लव विकट ठाउँमा पुग्नु सामान्य नभएको बताउनु भयो ।
जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिव वसन्त विकले नेकपाले भेडापाल्नु र उद्घाटन गर्न महासचिव विप्लव आफै ४ घण्टा हिडेर विकट ठाउँमा पुग्नु ऐतिहासिक कार्य भएको बताउनु भयो ।
उहाँले नेपालका कुनै पनि पार्र्टीका नेताहरुले गर्न नसकेको काम नेकपाले गरेको भन्दै यो ऐतिहासिक काम भएको जिकिर गर्नु भएको हो ।

कार्यक्रममा नेपाली कांगे्रसका प्रतिनिधि हरी वोगटीले भेडापालको काम गौरबपूर्ण भएको भन्दै नेकपा र महासचिव विप्लवलाई धन्यवाद दिनु भयो ।
वडानम्वर ५ का वडासचिव पर्व वोगटीले आत्मनिर्भर विना केही पनि विकास नहुने भन्दै नेकपाको आत्मनिर्भरताको योजना राम्रो भएको बताउनु भयो । उहाँले अरु पार्टीका नेताहरुलाई यसवाट सिक्न पनि सुझाव दिनु भयो ।
