९ असार, अछाम । नेकपा (माओवादी) अछामले रेविज विरुद्धको खोप अभाव तत्काल अन्त्य गरी जिल्लाभर सहज र पर्याप्त आपूर्तिको व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय अछाम समक्ष माग गरेको छ ।
नेकपा (माओवादी) अछामका इन्चार्ज मिना सी र सेक्रेटरी निरक सीले मंगलवार ११ बुँदे ध्यानाकर्षण पत्र प्रमुख जिल्ला अधिकारी समक्ष हस्तान्तरण गर्दै रेविज विरुद्धको खोप अभाव तत्काल अन्त्य गरी जिल्लाभर सहज र पर्याप्त आपूर्तिको व्यवस्था गर्न माग गरेका हुन ।
माओवादीले विकास निर्माणमा भइरहेको ढिलासुस्ती, कमिशनतन्त्र, अपारदर्शिता र अनियमितताको अन्त्य गरी दोषीमाथि कानुनी कारबाही गर्न पनि प्रशासनको ध्यानाकर्षण गराएको छ ।
आर्थिक अवस्था कमजोर भएका नागरिकलाई सहुलियतसहित विद्युत् जडान गरी सबैको विद्युतीय पहुँच सुनिश्चित गर्नुपर्ने, वैज्ञानिक भाडादर लागू गर्दै सडक स्तरोन्नति, बजार अनुगमन, कालोबजारी, कृत्रिम अभाव र महँगी नियन्त्रण गरिनु पर्ने, वर्षायामलाई मध्यनजर गर्दै बाढी, पहिरो तथा अन्य विपद्का लागि आवश्यक जनशक्ति, उपकरण, राहत सामग्री र उद्धार संयन्त्रसहित पूर्वतयारी गर्न पनि माओवादीले प्रमुख जिल्ला अधिकारीसंग माग गरेको छ ।
नेकपा (माओवादी)ले आइतबार सार्वजनिक विदा सम्बन्धी अवैज्ञानिक निर्णय खारेज वा पुनरावलोकन गर्न सरकारको ध्यानाकर्षण गराउदै अनुत्पादक बजेट विनियोजन रोक्दै कृषि, उद्योग, ऊर्जा, उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा बजेट सुनिश्चित गर्न माग गरेको छ ।
माओवादीले जङ्गली जनावरबाट कृषि बाली र पशुचौपायामा भइरहेको क्षति नियन्त्रण गरी प्रभावित किसानलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गरिनु पर्ने, प्राकृतिक विपद् र मौसमी प्रतिकूलताबाट हुन सक्ने खाद्य संकटलाई ध्यानमा राख्दै खाद्य भण्डारण, आपूर्ति र आकस्मिक बजेटको व्यवस्था गरिनु पर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरेको छ ।
बाढी–पहिरोबाट घरवारविहीन भएका र घर निर्माण सम्पन्न गरिसकेका नागरिकलाई घर निर्माणबापतको बाँकी अन्तिम किस्ता तत्काल भुक्तानी गर्न माओवादीले जोडदार माग गरेको छ ।
ध्यानाकर्षण पत्रको अन्तीममा माओवादीले जिल्लाभर सुरक्षित, स्वच्छ, नियमित र दीर्घकालीन खानेपानी आपूर्तिको व्यवस्था गरिनु पर्ने भन्दै जनताको आधारभूत अधिकार, जनजीविका र सम्मानजनक जीवनयापनसँग जोडिएका विषय सम्बन्धित निकायले तत्काल कार्यान्वयन गर्नुपर्ने उल्लेख गरेको छ ।
प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ध्यानाकर्षण पत्रको पूर्णपाठः

