रास्कोटमा माओवादीको र्याली सम्पन्न,मतदाताको घरदैलो गर्न विराटको निर्देशन

१७ फागुन, कालिकोट । नेकपा (माओवादी) रास्कोट नगर कमिटीले फागुन १५ गतेदेखि संचालन गरेको तीनदिने चुनावी र्याली आईतवार सम्पन्न भएको छ ।
रास्कोट नगरपालिकाको फूकोटबाट सुरु भएको चुनावी र्याली सिप्खानामा पुगेर सम्पन्न भएको हो । माओवादीले १५ गते फूकोट, १६ गते स्यूना र १७ गते सिप्खानामा र्याली गरेको हो ।
आईतवार सिप्खानामा भएको र्याली कोलीगाँउबाट सुरु भएर कुमालवाडा,सेरा, सिप्खानागाउँ हुदै न्यौपानेवाडासम्म पुगेर सम्पन्न भएको थियो ।

हेप्कोटमा आयोजना गरिएको र्यालीको समापन कार्यक्रममा नेकपा (माओवादी)का केन्द्रीय सदस्य तथा रास्कोटका चुनावी कमाण्डर विराटले सम्वोधन गर्दै र्यालीमा सहभागी सबैलाई विशेष धन्यवाद दिनु भयो ।
उहाँले र्याली उपलव्धीमुलक भएको चर्चा गर्दै माओवादीप्रति जनताको आकर्षण बढेको बताउनु भयो । नेता विराटले महेन्द्र शाहीको हार निश्चित भएको ठोकुवा गर्दै चुनाव प्रकाण्डले जित्ने दाबी गर्नु भयो ।

उहाँले र्यालीले जनतामा विस्वासको बातावरण बनेको भन्दै मतदाताको घरदैलोमा पुगेर गुलाफ चिन्हमा मत माग्न सबै कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो ।
र्यालीमा सहभागीहरुले आजको र्यालीमा ठाउँ –ठाउँमा नारावाजी सहित देउडा लगाउदै नाच्दै गाउदै माओवादीका प्रत्येक्ष उम्मेदवार प्रकाण्ड र समानुपातिक उम्मेदवार भृकुटीलाई भोट मागेका थिए ।

प्रतिक्रिया दिनुहोस