१७ फागुन, कालिकोट । नेकपा (माओवादी)का प्रवक्ता तथा उम्मेदवार खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड सी)ले राज्य संचालकहरु जनविरधी भएकाले जेनजी आन्दोलन भएको बताउनु भएको छ ।
आईतवार रुप्सामा भएको चुनावी सभालाई सम्वोधन गर्दै प्रवक्ता प्रकाण्डले राज्य संचालकहरु जनविरोधी भएकाले जेनजी आन्दोलन भएको बताउनु भएको हो ।
उहाँले २१ गते हुने चुनाव सामान्य नभएको तर्क गर्दै जेनजी आन्दोलन पछिको नयाँ परिस्थितिको चुनाव भएकाले रुप्सावासी जनताको जिम्मेवारी पनि धेरै ठुलो भएको बताउनु भयो ।
‘फागुन २१ गतेको चुनावमा सामान्य जिम्मेवारी छैन, ठुलो जिम्मेवारी छ, विशेष भूमिका सहित जिम्मेवारी वहन गर्नु हुनेछ । हाम्रो जनताको सीमित अधिकारको रक्षा र वाँकी अधिकारको लागि ठुलो अस्त्रको काम गर्नेछ । सहिद परिवार, घाईते, वेपत्ता योद्धा, सबैमा विशेष धन्यवाद छ । विगतको ५। ५ वर्षको निरन्तरताको चुनाव होईन । जेनजी आन्दोलनपछिको विकसित परिस्थितिमा यो चुनाव हुदैछ । त्यो बुझेनौ भने राजनीतिक भूल हुनेछ’ प्रवक्ता प्रकाण्डले भन्नु भयो ।
उहाँले रुप्सा दर्जनौ छोरा छोरीले रगत बगाएको ऐतिहासिक ठाउँ भएको चर्चा गर्दै कालिकोटबाट ५सय जतिको रगत बगेपछि मात्र सामान्ती सासन ढल्ने अस्त्र भएको जिकीर गर्नु भयो ।
‘यो गाउँ सामान्य गाउँ होईन । महान र ऐतिहासिक गाउँ हो । देश र जनतालाई अप्ठ्यारो पर्दा काँध थाप्ने जनता हो’ प्रवक्ता प्रकाण्डले भन्नु भयो, ‘श्रमजीवी जताको पक्षमा खडा हुने जनता हो साम्राज्यवाद विरुद्ध खडा हुने जनता हो ।’
उहाँले जनयुद्धको मर्म विरुद्ध सासन सत्ता चलाउनेहरु सत्ताको खेलमा जाँदा जेनजी आन्दोलन भएको दाबी गर्नु भयो ।
‘जनयुद्ध स्वाधीनताको लागि थियो, यो मुद्धाको सम्वोधन गर्ने तिर गएन । विदेशी हस्तक्षेप निम्त्याए । आफ्नो कुर्सीको लागि विदेशीसंग सौदावाजी गरे । देशको सार्वभौमिकताको रक्षा भएन । एमसीसी अमेरिकी योजना आयो’ उहाँले भन्नु भयो ।
प्रवक्ता प्रकण्डले जनताको रोजगारी र आवश्कताप्रति सरकार गैरजिम्मेवार भएको टिप्पणी गर्नु भयो । ‘विगतमा राज्य चलाउने शासकहरु गम्भीर भएनन । सहिदको सपना तिर ध्यान गएन । घाईते वेपत्ताको अवस्था बुझेनन, वेपत्ताको अवस्था सार्वजनिक छैन’ उहाँले भन्नु भयो ।
उहाँले राज्यमा जाने सासकहरु जनविरोधी, जनयुद्ध विरोधी, जनआन्दोलन विरोधी सहिद विरोधी घाईते विरोधी भएको बताउनु भयो ।
प्रवक्ता प्रकाण्डले राज्य चलाउनेहरु सत्ताको खेलमामात्र लागेको आरोप लगाउदै सत्ताको खेलले राजनीति अस्थीरता निम्तिएको दाबी गर्नु भयो ।
प्रवक्ता प्रकाण्डले राज्यकोे ढुकुटीले कर्मचारीलाई तलव खुवाउन नसक्ने अवस्थामा देश पुगेको चर्चा गर्दै दुई तीन जना मान्छे खरवपति हुने व्यवस्था र आर्थिक प्रणाली भएको टिप्पणी गर्नु भयो । कार्यक्रम हुनु पूर्व रुप्सावासी जनताहरुले प्रकाण्डलाई वाजा वजाएर फुलमाला अविर लगाएर भव्य स्वागत समेत गरेका थिए ।