चैत १९, बाँके । लामो समयको लकडाउनले भोकमरिको महामारी फैलिन थाले पछि कोहलपुरमा भएका निम्न गरिव परिवारहरु सडकमा उम्रिएका घाँसे साग टिपेर खान थालेका छन ।
कोहलपुर नगरपालिका ११ बस्ने रामपियारि सार्कीको परिवारले कोहलपुर बसपार्कको सडक छेउछाउको घाँसे साग टिपेर पेट पाल्नु परेको दुखेसो पोख्नु भएको छ ।
अन्दाजि ५० बर्षिय सार्की सहित उनको सुत्करि छोरी र नातिनि सडकको घाँसे झार टिप्दै गरेका छन । उनिहरुले घरमा खाने अन्न नभएकाले सडकको घाँसे साग टिपेर पेट पाल्नु परेको बताएकि छिन ।
ज्वाला खबरसंगको जम्काभेटमा गरिएको कुराकानिमा सरकारको राहत कार्यक्रमको बारेमा कुनै जानकारि नभएको र राहत पनि नपाएको गुनासो गरेकि छिन ।
यो त एउटा प्रतिनिधि घटना मात्र हो, यस्ता थुप्रै निम्न गरिब परिवारहरु भोकमरिको समस्याले छटपटिन थालेका छन ।
सरकारले यस प्रति समयमै ध्यान नदिए कोरनाको माहामारि भन्दा पनि भोकमरिको माहामारिले उग्र रुपलिने सम्भावना रहेको विज्ञहरुले बताएका छन ।
भिडियो सहित ……….
https://www.facebook.com/karna.bc.12/videos/1727276564081531/?t=6