धम्की दिने र डोमिन होस्टिङ्ग खर्च दिएको भन्ने तथ्यहिन कुराको ज्वाला खवरको आपत्ति

१८ वैसाख, कालिकोट । ज्वाला खवर डट्कमले सम्पादकलाई धम्की दिने र डोमिन होस्टिङ्ग खर्च दिएको भनेर तथ्यहिन कुरा सार्वजनिक गर्ने कुराको आपत्ति जनाएको छ ।

ज्वाला मिडिया प्रालिका संचालक तथा ज्वाला खवर डट्कमका सम्पादक कर्ण विश्वकर्माले बुधवार एक प्रेश विज्ञप्ति जारी गर्दै सम्पादकलाई धम्की दिने र डोमिन होस्टिङ्ग खर्च दिएको भनेर तथ्यहिन कुरा सार्वजनिक गर्ने कुराको आपत्ति जनाउनु भएको हो ।

उहाँले  रास्कोट नगरपालिकाका नगरप्रमुख धर्मराज शाही (पोषण)ले  आफूलाई धम्क्याउने  र तथ्यहिन ज्वाला खवरको डोमिन होस्टिङका लागि  पैसा दिएको भनेर  फेसवुकमा लेखेको कुराप्रति  गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाउनु भएको हो ।

सम्पादक विश्वकर्माले मेयरको यो काम हरुवा गोरुको छेरुवा दाउ भन्दै  प्राजित मानसिकताको उपज भन्नु भएको छ  । उहाँले  मेयरले २०७७/७८ मा डोमिन र होस्टिङ खर्च २०/२० हजार  दिएको तथ्यहिन कुराहरु गरेको र सत्य नभएको भन्दै आफ्नो घरबाट खर्च दिएको हो भने जसरी  फेसबुकमा लेख्नु जाहेज नभएको तर्क गर्नु भएको छ ।

सम्पादक विश्वकर्माले  रास्कोट नगरपालिकाबाट पूर्व मेयर काशिचन्द्र वरालको पालामा आव ०७७/०७८ मा  विज्ञापन छोपे वापत सबै मिडियाहरुलाई दामासाहीका दरमा दिएको भुक्तानी अनुसार ज्वाला खवरले पनि पाएको स्वीकार गर्नु भएको छ ।

‘त्यो वाहेक कसैले पनि यो मिडियालाई आर्थिक सहयोग र विज्ञापन वापत भुक्तानी गरेको  छैन । विज्ञापन छापेर भुक्तानी लिनु मिडियाको अधिकार क्षेत्र हो’ विज्ञप्तिमा भनिएको छ, ‘बरु नगरप्रमुख शाहीको कार्यकालदेखि उहाँले मिडियामाथि विभेद गर्दै आफू निकटका मिडियाहरुलाई मात्र वजेट पोस्नु भएको यर्थाथ कहिकतै  लुकेको छैन । मेयर शाहीले नदिएको पैसा दिएको भनेर नक्कली भर्पाई नै बनाउनु  गैर जिम्मेवार र आपत्ती जनक  विषय हो । यस कार्यको ज्वाला मिडिया प्रालि घोर भत्र्सना गर्दछ ।’

उहाँले ज्वाला मिडिया प्रालि २०७५ माघवाट प्रक्रिया रुपमा सुरु भई २०७६ वैसाख ३० गतेबाट कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई औपचारिक रुपमा सुरु भएको मिडिया भएको स्पष्ट पार्नु भएको छ ।

सम्पादक विश्वकर्माले हिक्मत भए नगरप्रमुख शाहीलाई २०७९ देखि आफ्नो  कार्यकालमा कुन मिडियालाई कति  भुक्तानी दिनु भएको छ सार्वजनिक गर्न चुनौती दिनु भएको छ ।

‘सबैले बुझने कुरा के छ भने कुनै पनि मिडियाले विज्ञापन राख्नु र सो वापत भुक्तानी लिनु कानुन सम्भव नैसर्गिक अधिकारको कुरा  हो । यसलाई अन्यथा रुपमा कसैले बुझेको पनि छैन्न होला’  विज्ञप्तिमा भनिएको छ,  ‘तर नगरप्रमुख धर्मराज शाहीले मिडिया नै आफूले स्थापना गरेको जसरी पैसा दिएको भावमा सामाजिक संचालनमा लेखेको लेख्दा दया लागेर आयो । मेयर साहेवलाई मिडियाको  स्थापना १ बर्ष अघि नै भएको हो  भनेर बुझन  आग्रह गर्दछौ  ।’

उहाँले ज्वाला खवर डट्कम अनलाईन पत्रिकामा नेकपा (माओवादी केन्द्र)का नेताहरुको रास्कोटमा गरिएको विद्यालयको कमिशन काण्डका विषयमा समाचार प्रकाशित भएपछि माओवादी केन्द्र भित्रका  नेताहरु बौलाह जस्तै भएर धम्की दिने र जे पायो त्यही भन्ने गरेको  उल्लेख गर्नु भएको छ ।

सम्पादक विश्वकर्माले ज्वाला खवर डट्कम अनलाईन पत्रिकाले सत्य तथ्य  र प्रमाण सहित समाचार प्रकाशित गरेको दाबी गर्दै आवश्यक परे सूचना दिनेको गोपनीयता बचाउदै कानुनी निकायमा प्रमाणहरु पेश गरिने बताउनु भएको छ ।

उहाँले  कसैको आर्शिवाद र भिखले ज्वाला मिडिया प्रा.लि. नचलेको स्पष्ट  पार्दै राज्यको तर्फवाट आएको सूचना संचार क्षेत्रमा खर्च गरिने रकम आफ्ना गुणगान गाउने मिडियाहरुलाई मात्र दिने प्रवृति पनि रोक्न माग गर्नु भएको छ  ।

विज्ञप्तिमा समाचार प्रशारण गरेकै आधारम विभेद गर्ने कार्य तत्काल बन्द गरिनु पर्ने भन्दै  समाचारमा चित्त नबुझिए कानुन सम्वत उपचार खोज्न आग्रह गरिएको छ । विज्ञप्तिमा  पत्रकारलाई धम्की दिएर केही नहुने भन्र्दै धम्की दिने  गैरजिम्मेवार कार्य प्रति सबैपक्षको ध्यान जान जोड दिएको छ । 

विज्ञप्ति पूर्णपाठ

प्रतिक्रिया दिनुहोस