१८ बैसाख, सुर्खेत । राष्ट्रिय दलित पत्रकार संघ कर्णाली प्रदेशले ज्वाला खवर डट्कमका सम्पादक कर्ण विश्वकर्मालाई समाचारको विषयमा धम्मी दिएको विषयमा गम्भीर ध्यानकर्षण भएको भन्दै निन्दा गरेको छ ।
संघका कर्णाली प्रदेश अध्यक्ष भिम बहादुर परियार र सचिव मालती विकले बुधवार एक प्रेश विज्ञप्ति जारी गरी समाचार लेखेकै विषयमा रास्कोट नगरपालिकाका नगरप्रमुख धर्मराज शाही (पोषण)ले धम्क्याएको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै निन्दा गर्नु भएको हो ।
संघको विज्ञप्तिमा भनिएको छ ‘समाचारकै भरमा पत्रकारलाइ धाक धम्की दिने र पत्रकार माथि नभएको लान्छना लगाएर बदनाम गर्ने समाजिक सञ्जालमै छरपस्ट हुनेर गरि बदनीयत गर्ने कार्य निन्दनीय छन । यस्ता कार्यले आम पत्रकार सुरक्षामा थप चुनौती थपिएको संगठनको ठहर छ ।’
दलित पत्रकार संघले अनलाइन तथा संचार गृहबाट आएका समाचारमा चित्त नवुझे नगर प्रमुखलाइ स्वतन्त्र कानुनी निकायहरु ऋदालत, प्रेस काउन्सील तथा न्यायिक निकाय हुँदा हुदै संघका कर्णाली प्रदेशका उपाध्यक्ष समेत रहनु भएका पत्रकार विश्वकर्मालाई धाक धम्की दिनुले आम संचार गृहमाथीको नै प्रहार भएको भन्दै खेद प्रकट गरेको छ ।
दलित पत्रकार संघले पत्रकार विश्वकर्माको सुरक्षामा ध्यानदिन सरोकारावाला निकायमा जोडदार माग गरेको छ ।
विज्ञप्ति पूर्णपाठ
