१९ जेष्ठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी निकट सहायक संगठन युवा संगठन नेपालले सी जातिको कानुनी मान्यता प्राप्तिकाे लागि गरेको हस्ताक्षर संकलन अभियानमा हिन्दु धर्म गुरू, नेपाली सेना देखि विदेशी नागरिकहरूले हस्ताक्षर गरेका छन ।
युवा संगठन नेपाल काठमाडौंले सी जातिको कानुनी मान्यताको लागि मंगलबार बिजि महलबाट सुरू गरेको हस्ताक्षर संकलन अभियानमा शुक्रबार बसन्तपुर पुग्दासम्म हिन्दु धर्म गुरू, नेपाली सेना देखि विदेशी नागरिकहरू सम्मले हस्ताक्षर गरेका हुन ।
सी जातिको मान्यता प्राप्तिको लागि हस्ताक्षर संकलन कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, कर्मचारी, विद्यार्थी, सामाजिक अभियान्ता देखि नेपाली सेना, अमेरिकन नागरिक र चाइनिज नागरिकले समेत हस्ताक्षर गरेको संगठनका केन्द्रिय सचिवालय सदस्य महेन्द्र सीले बताउनुभयो ।
तीन दिनसम्म चलेको अभियानले संकलन गरेकाे एक लाख बढी हस्ताक्षर सहित ज्ञापनपत्र प्रधानमन्त्रीलाई बुझाउने कार्यक्रम रहेको युवा संगठन नेपालले जनाएको छ ।
युवा संगठन नेपालले देशव्यापी रुपमा सुरु गरिएको हस्ताक्षर संकलन अभियानले सी जातिलाई कानुनी मान्यता दिनुपर्ने माग जबर्जस्त स्थापित गरेको युवा संगठन नेपालका अध्यक्ष दिनेश सीले बताउनुभयो ।
उहाँले युवा संगठन नेपालको केन्द्रीय समितिको बैठकले परम्परादेखि चल्दै आएका पुराना जातिहरूको अन्त्य गरी नयाँ मानव जाति निर्माण गर्न हरेकले नामको पछि सी लेख्न कानुनी मान्यताकाे लागि देशभर हस्ताक्षर अभियान चलाएको बताउनुभयो ।