जेठ १८, कालिकोट । कालीकोट जिल्लाको पचालझरना गाउपालिकाको केन्द्र देखि माथि पाँच किलोमिटर सडक वनेको चार महिना बितिसकेको छ ।
ग्रामिण पहँच कार्यक्रम र्याप थ्रिले सडक निमार्ण गरी गाउपालिकालाई हस्तान्त्रण गरेको चार महिना बिति सक्दा पनि सडकमा यातायातका साधन गुड्न सकेका छैनन ।
सडक वनेर मात्र के गर्नु गाडी सञ्चालनका लागि बिचैमा नेपालको लामो नदी कर्णाली वाधक वनेको छ ।
कर्णाली नदीमा पुल नभएका कारणले पचाल झरना गाउपालिकाको कार्यालय देखि माथि ज्ञानोदोय माध्यमिक बिद्यालय सम्म पाँच किलोमिटर सडक वनेपनि गाडी चल्ने कुनै सम्भावना छैन ।
सडक साना देखी ठुला गाडी चल्ने दुई लाइनको छ । तर कर्णाली नदीका कारणले चार पाँग्रे गाडी सडक भएको ठाउमा लिने कुनै पनि साधन नभएकाले केवल मोटरसाईक मात्र चल्ने गरेको छन ।
त्यही पनि झोलङ्गे पुलवाट साहसिक युवाले तार्न सकेका मोटरसाईकल मात्र जारकोट सडक खण्डमा चल्ने गरेको पचालझरना गाउपालिका स्वास्थ्य संयोजक चन्द्रेश्वर शाहले वताउनुभयो ।
वडा नं ४ मा कोही बिरामी भएका वेला आफुलाई जान त सजिलो भएको छ । यदी कर्णाली नदीवाट गाडी तार्ने ब्यवस्था भएको भए बिरामी होस या गाउका अन्य नागरिकहरुलाई जिल्ला सदरमुकाम तथा कुनै पनि ठाउको यात्रा गर्न सजिलो हुने संयोजक शाहको भनाई छ ।
युएसे आईडीको सहयोगमा ग्रामिण पहँच कार्यक्रम र्याप थ्रीको झण्डै ३६ करोड खर्च गरेर जारकोटलाई जिरो प्वाईन्ट वनाएर ज्ञनोदोय माध्यमिक बिद्यालय सम्म सडक निमार्ण पुरा भएर गाउपालिकालाई हस्तान्त्रण गरेको हो ।
सो सडकमा यातायातका साधन लिने वाटो नभएका कारणले गाडी सञ्चालन नुहदै सडक भत्कीने पिरलो गाउपालिकालाई पनि छ ।
स्थानिय सरकार संग पुल वनाउने श्रोत नभएकाले माथिल्लो संघ र प्रदेश सरकारसंग माग गरेको गाउपालिका उपाध्याक्ष तारा न्यौपानेले वताउनुभयो ।
पुलको माग गरेका छौ । यती तत्काललाई पुल सकिदैन भनेपनि फेरी जोडिदिन माग गरेको तर त्यसको स्वीकृत भए नभएको जानकारी नआएको उपाध्याक्ष न्यौपानेको भनाई छ ।
सडक त वनेको छ, यती धेरै लगानी गाउपालिकाले एकै ठाउमा गर्न सक्ने अवस्था थिएन । ठुलो लगानी गरेर सडक दातृ निकायले वनाएकोमा उहाँ निकै खुसि हुनुहुन्छ । गाउपालिकाको दुई आर्थिक वर्षको वजेट खर्च गर्दा पनि यस्तो सडक नवन्ने उहाँको बिश्वास छ ।
सडक वनेर निकै फाईदा गाउपालिकालाई भएको छ । तर सडकलाई गाडी गुड्दा सम्म वचाई राख्न चुनौती देखिएको उहाँको भनाई छ ।
गाडी चल्दै गए सडक पनि मर्मत हुदै जाने थियो । गाडी नै चल्ने सम्भावना कुनै नभएकाले सडक जिर्ण हुदै जान्छ की भन्ने चिन्ता पनि गाउपालिकालाई छ ।
कार्यापालिकाको वैठकमा होलिकोप्टर मार्फत गाडी तार्ने र सडकमा गाडी चलाउनेकी भन्ने कुराको पनि छलफल हुने गरेको छ । तर साहुका गाडी ल्याएर लगानी ढुब्छकी भन्ने चिन्ताले पनि गाउपािलकाले केही निर्णय गर्न नसकेको उपाध्याक्ष न्यौपानेको भनाई छ ।
सडक छ, तर गाडी नुहदा नसुहाउदो रहेछ वडा नं ४ की पद्मा कठायतले वताउनुभयो । उहाँले आफु ६८ वर्षकी भईसकेकी छु । सडक वन्यो अव गाडी चढ्न पाईएला सोचेकी थिए, तर गाडी नै कर्णाली नदिमा तार्ने केही नभएर उतै वाट चलेका देखेकी छु कठायतले भन्नु भयो ।
जारकोट जहाँ सडक वनेको छ त्यसको वाया पट्टी कर्णाली करिडोर छ । त्यहाँ वाट दैनिक गाडी सञ्चालन भईरहेका छन । करिडोरको बिचैमा कर्णाली नदि भएकाले जारकोट देखि ज्ञनोदोय माध्यमिक बिद्यालय सम्म जाने सडक राम्रो भएपनि यातायातका साधन भने चल्ने अवस्था छैन ।
प्रतिक्रिया दिनुहोस