नेकपाका नेताविरुद्ध पक्राउ पूर्जी जारीप्रति ४ कम्युनिस्ट पार्टीको घोर भत्सर्ना

 

१६ श्रावण,काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, प्रकाण्ड लगायतका नेताविरुद्ध पक्राउ पूर्जी जारी गरिएको प्रति ४ कम्युनिस्ट पार्टीले घोर निन्दा एवम् भर्त्सना गरेका छन् ।

नेताहरूको विरुद्ध पक्राउ पूर्जी जारी गर्नु हदै दर्जाको बेइमानी, शान्ति र राजनीतिक स्थिरता विरोधी तथा देशलाई द्वन्द्वतिर धकेल्ने षड्यन्त्र भएको भन्दै उनीहरूले राजनीतिक बन्दीहरूको रिहाइ र झुठ्ठा मुद्दाहरू खारेज गर्नुको सट्टा उल्दै यस्ता गैरजिम्मेवार र जनविरोधी हर्कत भएको भन्दै घोर निन्दा एवम् भत्सर्ना गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल ,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुती, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी ‘शुसिल’ले ंसंयुक्त एक विज्ञप्ति जारी गर्दै सरकारले नेपाल कम्युनिस्ट पार्टीसँग २०७७ फागुन २१ गते गरेको सहमति अनुसार झुक्ठा मुद्दा खारेज गर्न, बन्दीहरूलाई रिहाइ गर्न र चार कम्युनिस्ट पार्टीसँग राजनीतिक छलफलमा आउन अनुरोध गरेका छन ।
उनीहरुले राष्ट्रिय स्वाधीनता, महँगी, भ्रष्टाचारका विषयमा निरन्तर सङ्घर्ष गर्दै आएको बताउदै सरकारले भने क्रान्तिकारी र देशभक्त शक्तिहरूको एकतालाई भाँड्न र जनसङ्घर्षको गला रेट्न चाहेको बताउदै यसप्रकारको सरकारी रवैयाको भण्डाफोर गर्न र राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सङ्घर्षमा अविचलित भई उभिन सबै क्रान्तिकारी, देशभक्त, बुद्धिजीवि, कानुन व्यवसायी, मनवअधिकारवादी, पत्रकारलगायत आमजनसमुदायसँग अपील समेत गरेका छन ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल ,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुती , नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशिल’ले संयुक्त प्रेस विज्ञप्तिमा हस्ताक्षर गर्नु भएको छ ।

विज्ञप्तीको पूर्णपाठ ः

 

प्रतिक्रिया दिनुहोस