नेकपा प्रवक्ता चीन भ्रमण सकेर स्वदेश फिर्ता

१६ भाद्र,काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग वहादुर विश्वकर्मा (प्रकाण्ड) करिव ३ साता लामो चीन भ्रमण पछि विहिवार स्वदेश फर्किनु भएको छ ।

प्रवक्ता प्रकाण्डलाई स्वदेश फर्किने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमान स्थलमा भव्य स्वागत गरिएको छ । नेकपाका केन्द्रीय सदस्यहरु प्रेम दर्नाल,चिरन पुन,रामलाल विश्वकर्मा लगायतका नेता कार्यकर्ताहरुले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका हुन ।

नेता कार्यकर्ताले पार्टी प्रवक्ता प्रकाण्डलाई खादा तथा माला लगायर स्वागत गरेका थिए ।

स्वागत पछि प्रवक्ता प्रकाण्डले आफ्नो चीन भ्रमण सकरात्मक र सफल भएको प्रतिक्रिया दिनु भएको छ । चिनियाँ कम्युनिष्ट पार्टी तथा सरकारको निमन्त्रणामा नेकपा प्रवक्ता साउन २९ गते चीन भ्रमणमा जानु भएको थियो ।

प्रतिक्रिया दिनुहोस