बेरोजगार उत्पादन गर्ने शिक्षा हाम्रो देशमा हुनु हुदैन ः महासचिव विप्लव सी

१४ असोज,सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले नेपालमा बेरोजगार उत्पादन गर्ने शिक्षा नेपालमा हुन नहुने बताउनु भएको छ ।

आज विहान मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको आयोजनामा आयोजित “विद्यार्थीसंग विप्लव” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लवले यस्तो धारणा राख्नु भएको हो ।

उहाँले नेपालका पढ्ने युवा युवतीहरुलाई निरास बनाउने र बेरोजगार उत्पादन गर्ने शिक्षा हाल नेपालमा भएको भन्दै त्यस्तो शिक्षा नीति बदल्नुपर्नेमा जोड दिनु भयो ।

महासचिव विप्लवले नेपालमा प्लस टु र व्याजलर गरेका विद्यार्थीहरुलाई विदेश जान रोक्ने र नेपालमै अध्ययन अनुसन्धान गर्ने शिक्षा नीति बनाउन सरकारसंग पहल गर्ने विश्वास दिलाउनु भयो ।

कार्यक्रमा विद्यार्थीेहरुले राखेका प्रश्नको जवाफ दिदै महासचिव विप्लवले एक जना चिनियाँले समेत नेपाल सुनको कचौरा भएको र सुनको कचौरा लिएर नेपालीहरुले भिक माग्ने गरेको भनेर केही समय अगाडि बोलेको कुरालाई उद्धत गदै त्यस्तो नहुन नेपालीहरुलाई आग्रह गर्नु भयो ।

उहाँले आफ्नो पार्टीले नेपाललाई केही नयाँ बनाउन चाहेको र त्यो इच्छा शक्ति समेत भएकाले एकपटक नेपालको नेतृत्व गर्ने अवसर प्रदान गर्न अपिल गर्नु भयो ।

महासचिव विप्लवले भन्न भयो “हामी यो देशका युवा विद्यार्थीहरुलाई निरास बन्न दिदैनौ । विदेशी हस्तक्षेप पनि स्वीकार गर्दैनौ । ६ करोडलाई खान पुग्ने नेपालको जमिन आज साढे दुई करोड जनतालाइ समेत खान पुग्ने गरी उत्पादन भएको छैन । यो कुराको नेकपाले अन्त्य गर्न चाहान्छ । आत्मनिभर देश,स्वाधीन देश र आत्मनिर्भर जनता बनाउन चाहान्छ ।”

महासचिव विप्लवले कुनै पनि नेपालीले श्रम गर्न लाज मान्न नहने र उत्पादको काममा जुट्नुपर्ने बताउनु भयो । उहाँले मध्यपश्चिम विश्वविद्यालयले छोटै समयमा केही राम्रो र नमुनायोग्य काम गरेको भन्दै धन्यवाद समेत दिनु भयो ।

उहाँले विश्वविद्यालयलाई अझै राम्रो गर्न सुझाव दिदै कसैको गलत हस्तक्षेप र गलत निहितका कुनैपनि कार्यका विरुद्ध आफ्नो पार्र्टीे साथ दिन र सहयोग गर्न प्रतिवद्ध रहेको बताउनु भयो ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डाक्टर नन्दवहादुर सिंहले हाम्रो देशमा कुसल र केही गर्न सक्ने विप्लव जस्तो नेतृत्व चाहिएको बताउनु भयो । उहाँले विश्वविद्यालयमा निकै राजनैतिक हस्तक्षेप हुने गरेको र कुनै पनि हालतमा राम्रो गर्न खोज्दा कसैको पनि गलत दवाव आउछ भने स्वीकार नगर्ने प्रतिवद्धता जनाउनु भयो ।

कार्यक्रम अघि महासचिव विप्लवलाई विश्वविद्यालयका उपकुलपति सिंह लगायतको विश्वविद्यालय परिवारले भव्य स्वागत गरेको थियोे ।
विश्वविद्यालय परिवारले विश्वविद्यालयले गरेका कामहरुको बारे जानकारी गराउन इन्जिनियरिङ्ग क्याम्पस,शिक्षा,ल,एजुकेशन लगायतका फ्याकल्टिका क्याम्पसहरुको महासचिव विप्लवलाई निरिक्षण गराएको थियो ।

 

प्रतिक्रिया दिनुहोस