नेकपाका केन्द्रीय सदस्य रणदिपद्धारा क्यान्सर पीडित विरामीलाई आर्थिक सहयोग

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रणदिप सीले आफ्नो ४६ औं जन्मदिनको अवसरमा क्यान्सर पीडित पूर्वजनमुक्ति सेनाका एकजना योद्धालाई आर्थिक सहयोग गरेका छन ।

कालिकोटको पचालझरना गाउँपालिका वडा नम्वर १ सिकु घर भएका क्यान्सर पीडित पूर्व जनमुक्ति सेनाका योद्धा मानबहादुर खडका (महेन्द्र)लाई मोवाईल बैकिङ सेवाबाट १ हजार १११ रुपैया आर्थिक सहयोग प्रदान गरेका हुन ।

पूर्वजनमुक्ति सेनाका योद्धा खड्का लामो समय देखि घाँटी र गालाको बिचमा भएको क्यान्सर रोगले पीडित छन । उनी हाल चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचारर्थ छन । उनको पारिवारिक आर्थिक अवस्था पनि निकै कमजोर छ ।

उनले जनयुद्धको बेला जनमुक्ति सेनामा भर्ति भएर थुपै युद्ध मोर्चाहरुमा लडाई लडेका थिए । पीडित खड्कालाई थोरै भएपनि सान्तवना रुवरुप आफ्नो जन्मदिन पारेर आर्थिक सहयोग गरेको नेकपाका केन्द्रीय सदस्य रणदिप सीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस