कर्णाली प्रदेश प्रमुखलाई कोरोना संक्रमण

असोज १५ सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी लाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
कन्ट्याक्ट ट्रेसिङ गर्दा उहाँमा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
कार्यालयले एक विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना भाइरसको लक्षण देखिएको र त्यसपश्चात् प्रदेश प्रमुखले स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको जनाएको छ ।
हाल प्रदेश प्रमुखको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । प्रदेश प्रमुख कलौनीलाई होम आइसोलेसनमा राखिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस