पाकिस्तानी सेनाले मारिदियो तीन भारतीय सैनिक

असोज १५ काठमाण्डौ ।भारत र पाकिस्तानबीच लामो समयदेखि विवाद रहँदै आएको जम्मु–कस्मिरको सीमा क्षेत्रमा पाकिस्तानी सेनाको गोली लागेर तीनजना भारतीय सैनिकको मृत्यु भएको जनाइएको छ । उक्त क्षेत्रमा भएको आक्रमण वा भिडन्तमा परी ५ जना भारतीय सैनिक घाइते भएको पनि एजेन्सीहरूले जनाएका छन् ।

कस्मिरको कुपवान्डा जिल्लास्थित नौगाम सेक्टरमा दुई र पुन्छ सेक्टरमा एक भारतीय सैनिक मारिएको पनि समाचारमा जनाइएको छ ।

भारतीय पक्षले जबाफी कारबाही सुरु गरेको भारतीय सैनिक स्रोतको दाबी छ । पाकिस्तानका सैनिकतर्फ भएको हताहती वा क्षतिका बारेमा कुनै खुलाइएको छैन । भारतीय सञ्चारमाध्यमहरूले भने गत आठ महिनामा पाकिस्तानले सीमा क्षेत्रमा ३ हजारभन्दा धेरैपटक युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै समाचारहरू प्रसारण गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस