१६ कार्तिक, कैलाली । नेपाल कम्युनिष्ट पार्टीले एमसीसी परियोजना नेपालका लागि घातक भएको भन्दै एमसीए नेपालको जिम्मेवारीलाई पूर्नविचार गर्न चेतावनी दिएको छ । नेकपाले एमसीसी परियोजना अत्यधिक विवादित परियोजना भएको भन्दै यसले नेपाललाई विश्व शक्तिकेन्द्रको खेलमैदान तथा द्धन्द्धस्थल बनाउने दाबी गदै पूर्नविचार गर्न चेतावनी दिएको हो ।
नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले बुधवार एमसीसी परियोजना अन्तरगत एमसीए नेपालका कार्यकारी निर्देशक खड्क वहादुर विष्टलाई एक पत्र प्रेशित गर्दै नेपालको शान्ति र समृद्धिका लागि एमसीसी परियोजना घातक हुने औल्याईएका छन ।
नेकपा सुदूरपश्चिम प्रदेशका इन्चार्ज समेत रहेका नेता भरत सीले देशको शान्ति र समृद्धिका लागि घातक एमसीसी परियोजना भएको ठोकुवा गर्दै एमसीएको जिम्मेवारीबारे पूनर्बिचार गर्न कार्यकारी निर्देशक विष्टलाई चेतावनी दिएका हुन ।
नेकपाले चेतावनीपूर्ण पत्रमा लेखेको छ ‘दिर्घकालीन भयावह परिणामलाई मध्यनजर गर्दै समयमै ध्यान दिन जरुरी ठान्दछौं ।’
अमेरिकाको रणनीतिक स्वार्थसंग जोडिएको र नेपालमा विबादित हुँदाहुँदै संसदबाट पारित गरी लागु गर्न खोजिएको यो परियोजनामा नेपाल कम्युनिस्ट पार्टीले सुरु देखि बिरोध गर्दै आएको छ ।
यो परियोजनामा विधुत प्रशारण लाईन र सडकको लालचि देखाएर नेपालमा अमेरिकी सेना भित्र्याउने र चीन घेर्ने रणनीति भएको भन्दै नेकपाको चर्को विरोध छ ।
पछिल्लो समय इजरायल– प्लेस्टाइन द्वन्द, युक्रेन युद्ध, इजरायल– इरान तनाव लगायतका संघर्षहरुमा अमेरिका , रूस, चीन जस्ता शक्ति रास्ट्रहरुको प्रत्यक्ष संलग्नता बढ्दै गएको र तेस्रो बिश्वयुद्धको खतराको संकेत मडारिरहेको बौद्धिक चर्चा हुन थालेको छ ।
नेपाल जस्तो भू –राजनीतिक चुनौती सामना गरिरहेको देशले चुस्त र बिश्वसनीय बिदेशनीति मार्फत काम गर्न अनिवार्य देखिएको बेला एमसीसी जस्तो विवादित परियोजना भित्र्याउन नहुने विज्ञहरुको समेत बुझाई छ । नेपाल कुनैपनि अमेरिकी गठबन्धनमा जोडिने कुरा निकै खतरनाक हुने विश्लेषण छ ।
एमसीए नेपालका कार्यकारी निर्देशक बिष्ट सुदुरपश्चिमबासी समेत भएकोले देशको लागि खतरा मानिएको परियोजनामा संलग्नताबारे पूनर्बिचार गर्न पत्राचार गरेको नेकपा सुदूरपश्चिमले जनाएको छ ।
यस्तो छ पत्राचारको पूर्णपाठः
प्रतिक्रिया दिनुहोस