एकतावारे माओवादीमा चर्को विवाद, जनयुद्धको जग भत्किने गरी एकता गर्न नहुने जनार्दनको अडान

१५ कार्तिक, काठमाडौ । नेकपा माओवादी केन्द्रमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसंग एकता गर्ने तयारी भएपछि पार्टीमा चर्को विवाद सृजना भएको छ ।
माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले ‘माओवाद’ विचार छोडेर भएपनि समाजवादीसंग एकता गर्ने गृहकार्य गरेपछि त्यसरी एकता गर्न नहुने मत पार्टीमा जब्बर रुपमा उठेपछि विवाद सृजना भएको हो ।
शनिवार पेरिसडाँडामा बसेको पार्टीको सचिवालय बैठकमा नेकपा माओवादी केन्द्रका सचिवाल सदस्य जनार्दन शर्मा प्रभाकरले जनयुद्धको जगलाई भत्काउने गरी एकीकृत समाजवादीसंग एकता गर्न नसकिने अडान राख्नु भएको हो । उहाँले हतारमा यसरी गर्ने एकतामा गम्भीर असहमति व्यक्त गर्नु भयो ।
बैठकपछि संचारकर्मीसंग कुरा गर्दै नेता शर्माले जनयुद्धको जग भत्किने गरि गरिने एकतामा आफुले गभ्भीर असहमति जाहेर गरेको जानकारी दिनु भयो ।
“यो पार्टी आन्दोलनमा हाम्रा सहिद,बेपत्ता घाईते योद्धाहरु हाम्रो जग हो । उनको सपना हाम्रो मुख्य आधार हो । त्यो जगलाई भत्काउने गरि त्यो विचारलाई छोडने गरी, त्यो भावनालाई अझ कुष्ठित गर्ने गरी जो एकताको प्रयास भएको छ । यसले माओवादी आन्दोलनको पहिचान मेटिदैछ । यसले अझ विर्सनतिर लैजान्छ । बैचारिक रुपमा विचलनतिर यसले देखाईरहेको छ । त्यसकारण यो वैचारिक विचलन र विघठनतिर जाने एकता हामीले गर्नु हुन्न ।” नेता शर्माले भन्नु भयो ।
माओवादी केन्द्रका प्रभावशाली नेता शर्माले महाधिवेसनसम्म पुगेर नेतृत्व हस्तान्तरण गर्ने विधिसम्वत कुरा अस्वीकार गर्दै मनोनित गरेर आफ्नो वरिपरि सुरक्षा घेरा बनाउने गरी एकता हुन लागेकोमा आपत्ति जनाउनु भयो । उहाँले समग्र कम्युनिष्ट आन्दोलनलाई समाजवादमा एकीकृत गर्ने गरी एकताको आम अभियान चलाउनुपर्ने बताउनु भयो ।
“हामीले आम रुपमा समग्र कम्युनिष्ट आन्दोलनलाई समाजवादमा एकीकृत गर्ने गरी आम अभियान चलाउदाखेरी दुई चार छ महिना भित्र एउटा ठाउँमा पुग्न सक्छौ । यो एकदमै सम्भावना छ यतिवेला” नेता शर्माले भन्नु भयो, “नेतृत्व हस्तान्तरणको मुख्य कुरा हो । नेतृत्व हस्तान्तरणतिर जाने एउटा विधि सम्वत तरिकाले महाधिवेशनसम्म जाने भन्ने कुरालाई पुरै अस्वीकार गर्दै जसरी यहाँ एकता गरिदैछ । फेरीपनि मनोनित गरेर आफ्नो वरिपरिको सुरक्षा घेरा बनाउने जो प्रत्यन भईरहेको छ । यो कुराले आन्दोलन र पार्टीलाई अगाडि बढाउन सक्दैन,बढदैन भनेर मैले एकताको बारेमा आफ्नो असहमति जाहेर गरेर सचिवालय बैठकवाट निस्केको छु” उहाँले भन्नु भयो ।

प्रतिक्रिया दिनुहोस