नेकपा कालिकोटले शिक्षा र स्वास्थ्य क्षेत्रको अनियमिता विरुद्ध संघर्ष गर्ने

१५ मंसिर,कालिकोट । नेपाल कम्युनिष्ट पार्टी कालिकोटले शिक्षा र स्वास्थ्य क्षेत्रमा हुने गरेको अनियमिताका विरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ ।

सोमवार देखि तीन दिन सम्म रास्कोट नगरपालिकामा वसेको जिल्लाको पाँचौ पूर्ण वैठकले यस्तो निर्णय गरेको हो । नेकपाले सरकारी वेवास्ताका कारण परिक्षा दिने समय सम्म जिल्लाका कतिपय सरकारी विद्यालयमा पाठ्यपुस्तक नपुगेको वताएको छ ।

यस्तै स्वास्थ्यका क्षेत्रमा सरकारले दिने भनिएको निशुल्क औषधि जिल्लामा नपाइर्एको र कतिपय ठाउँमा वेच्ने गरिएको गुनासो आएको नेकपाले जनाएको छ ।
वैठकमा नेकपाले यस्ता सामाजिक विकृति विरुद्ध कडा संघर्ष गर्ने र दोषि माथि कडा कार्वाही गर्ने निर्णय गरेको छ । वैठकले चुनाव खारेज अभियानमा जनताले साथ दिएको भन्दै खारेज अभियानमा साथ दिने सवैलाई धन्ववाद दिएको छ ।

वैठकले जिल्लाभर संगठन सृदृढ र विस्तार अभियान पनि संचालन गर्ने निर्णय गरेको छ । नेकपाले तत्काल जिल्लाका सवै गाउँपालिका र नगरपालिकामा पार्टीको वैठक तथा प्रशिक्षण संचालन गर्ने र जनवर्गीय संगठनहरुका जिल्ला भेला तथा सम्मेलन गर्ने निर्णय गरेको छ ।
वैठकमा जिल्ला इन्चार्ज तथा नेकपाका केन्द्रीय सदस्य विराट सी, केन्द्रीय सदस्य अविचल सी ,रणदिप सी , केन्द्रीय प्रतिनिधि समितिका सदस्य समग्र,शान्ति, सल्लाहाकार समितिका निमार्ण,चन्चल र आईटम लगायतका अतिथिहरुको सहभागिता रहेको थियो ।

वैठकमा केन्द्रीय सदस्य विराटले दलाल संसदीय व्यवस्थाको कथित संसदीय निर्वाचन जनता ढाट्नको लागि गरिएको भन्दै यो चुनाव र व्यवस्थावाट देशले निकास नपाउने ठोकुवा गर्दै पार्टी जिल्लाका नेताहरुलाई एकीकृत जनक्रान्तिको वाटोवाट वैज्ञानिक समाजवादी व्यवस्था प्राप्तिको आन्दोलनमा जनता संगठित गर्न निर्देशन दिनु भयो ।

वैठक नेकपा कालिकोटका जिल्ला सेक्रेटरी शाहासीको अध्यक्षतामा वसेको थियो । वैठक वुधवारै सकिएको छ ।

प्रतिक्रिया दिनुहोस