कालिकोटमा भ्रमण वर्ष २०२० शुभारम्म

पौष १७, कालिकाेट । जनवरी १ बाट नेपाल भ्रमण वर्ष २०२० शुरु भएको छ ।

सन् २०२० भरी २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमणवर्ष सुरु भएको हो। कालिकोट जिल्लामा पनि  बिशेष कार्यक्रम गरी पर्यटन वर्ष २०२० को शुभारम्भ गरीएको छ।

 

जिल्ला प्रशासनबाट निकालिएको र्‍याली प्रतिमाचोकमा पुगेर सम्पन भएको थियो । कार्यक्रमा जिल्लामा रहेका पर्यटकीए क्षेत्रलाइ चिनाउन सके पर्यटकहरुको आउने र नयाँ वर्ष सन् २०२० मा रारा जाने लाखौं पर्यटकलाई  स्वागत गर्न सके कालिकाेटकाे बिकाश हुने “समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा हुने खाडाचक्र नगरपालिका प्रमुख जसिप्रसाद पान्डेले बताउनु भयो।

कार्यक्रमा जिल्ला न्यायाधीश मादव प्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पाैडेल, जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख श्यामवावु ओलिया, पत्रकार, नागरीकसमाज,नेपाल प्रहरी लगाएतकाे सहभागीता रहेको थियो ।

ग्रेगोरियन क्यालेण्डर र इस्वी संवत्को पात्रो अनुसार प्रत्येक वर्ष जनवरी १ तारिखलाई संसारका अधिकांश देशमा नयाँ वर्षका रुपमा मनाइने गरेको तथा वैशाख १ लाई नयाँ वर्षका रुपमा मनाउने हाम्रो मौलिक परम्परा भए पनि अन्तरराष्ट्रिय प्रचलनमा रहेको इस्वी संवत्लाई हामीले पनि अङ्ग्रेजी नयाँ वर्षका रुपमा मनाएको उल्लेख गरीएकाे छ।

 

प्रतिक्रिया दिनुहोस