भेट्नु कुहिएर झरेका दुइटा फलः प्रधानमन्त्री ओली


१८ पुस, काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले अर्को समूहको नेतृत्व गर्नु भएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई भेट्नु कुहिएर झरेका फलको संज्ञा दिनु भएको छ ।
काठमाडौं जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एकताको तीन वर्षसम्म पार्टी हल न चल भएको बताउनु भयो । उहाले भन्नु भयो , समस्या कहाँ रहेछ ? खिया कहाँ लागेको रहेछ ? दुइटा नटबोल्ट फेर्दा गाडी अगाडि ।’
‘हामीले फेरेको पनि होइन, आफैं फुक्लिए नटबोल्ट’ उहाँले हाँस्दै भन्नु भयो , ‘खिया लागेको दुइटा नटबोल्ट के खुस्किएको थियो, पार्टी गतिका साथ अगाडि गयो ।’
प्रधानमन्त्री समेत रहनु भएका ओलीले अर्का समूहले असली हामी हौं भनेर निवेदन हालेको भनेर निर्वाचन आयोगबाट शुक्रबार एउटा पत्र प्राप्त भएको बताउनु भयो । अघि भन्नु भयो , ‘असली र नक्कली भन्न यो बरमझियाको बुढाको पेडा पसल हो ?’
जसको घर हो, उ मेरो घर हो भनेर निवेदन हाल्न नजाने उहाले बताउनु भयो । ओलीले अघि भन्नु भयो , ‘हामीले बनाएको हो पार्टी, हामी निवेदन हाल्न जान जरुरी छैन । भेट्नु कुहिएर झरेका दुइटा फलहरुले रुख नै मै हुँ भनेर दाबी गर्ने ?’
आफूहरु आधिकारिक भएको दाबी गर्दै उहाँले अहिले पनि प्रचण्डलाई अध्यक्ष, माधवकुमार नेपाल र झलनाथ खनाललाई वरिष्ठ नेतामा राखेको बताउनु भयो । उहाँले भन्नु भयो , ‘अरु पनि केही साथीहरु बैठकमा आउनु भएको छैन । कारणहरु होला, आउनु होला । हामी सम्झाउन खोजिरहेका छौं ।’
ओलीले प्रचण्ड माधव समूहले घोषणा गरेको आन्दोलनप्रति समेत व्यंग्य गर्नु भएको छ । अलिअलि मान्छे त सिसीमा औषधि बेच्नेले पनि रत्नपार्कमा जम्मा गर्ने भन्दै उहाँले भन्नु भयो ‘उहाँहरुको हालत त्यो भन्दा बढ्ता हुने बाला छैन । किनकी उहाँहरुको एजेण्डा जनता होइन, संविधानको रक्षा होइन ।’

प्रतिक्रिया दिनुहोस