महेन्द्रको कमिशनकाण्डको अडियो सार्वजनिक, सल्लाहमै पैसा उठाएको र उषालाई बुझाएको एजेण्टको खुलासा

१८ फागुन, कालिकोट । नेपाली कम्युनिष्ट पार्टीका नेता महेन्द्र शाही मुख्यमन्त्री हुदा सबैको सल्लाह अनुसार योजनाबाट पैसा उठाउने गरिएको तथ्य खुलासा भएको छ ।

रास्कोटका विद्यालयको योजनाबाट कमिशन उठाउने जिम्मेवारी लिएका महेन्द्रकै नेपाली कम्युनिष्ट पार्टीका शिक्षक संगठनमा आवद्ध उपेन्द्र न्यौपानेले सबैको सल्लाह अनुसार योजनाबाट पैसा उठाउने गरिएको अडियो मार्फत खुलासा गरेका हुन ।

तत्कालिन मुख्यमन्त्री महेन्द्र शाही लगायतका नेताहरुमाथि जिल्लामा आउने अधिकाँस योजनाहरुबाट २० प्रतिशत कमिशन लिएर योजना बेच्ने गरेको आरोप लागेको थियो ।

उक्त आरोपलाई उनकै पार्टीका शिक्षक संगठनका नेता न्यौपानेले पुष्टि गर्दै पैसा विद्यालयबाट आफूले उठाएर पूर्व उपमेयर उषालाई बुझाएको र उषाकाे पूर्व मुख्यमन्त्री शाही सँग राम्रो सम्बन्ध भएकोले उषा मार्फत पूर्व मुख्यमन्त्री शाहीले कमिसन लिएर याेजना हालिदिने गरेको अडियो मार्फत खुलासा गरेका हुन ।

उनीहरुको कमिशन काण्डका समाचारहरु यसअघि पनि ज्वाला खवरले सत्य तथ्य र भौचर सहित प्रकाशित गरेको थियो । ज्वाला खवरलाई अडियो समेत त्यतिवेला नै प्राप्त भएपनि अहिले मात्र सार्वजनिक गरेको छ ।

एजेन्टको काम गर्ने शिक्षक न्यौपानेले आफूले पुलको काम गरेको बताउदै भनेका छन ‘२०७९ सालको स्थानीय चुनावका बेला प्रचण्ड चुनावी सभामा रास्कोट आएको बेला पार्टी जिल्लाको सकुर्लर अनुसार पैसा संकलन गरेर उषालाई बुझाएको हुँ ।’ उनले चुनावी खर्चका लागि पैसा उठाउने गरेको समेत खुलासा छन ।

एजेन्ट शिक्षक न्यौपानेले अडियोमा भनेका छन ‘पैसा हालेको र लिएको सहि हो । सबैको सहमतिमा गरेको हो । काम हुन्छ भनेकाले पैसा दिएको र उठाएको हो । पैसा उषालाई बुझाएको र साँची राखेर नै बुझाएको हुँ । प्रचण्ड हेलिकप्टरमा आएको दिनमा बुझाएको हो । चुनावी खर्च उठाउने गरेका रहेछन’ उनले भने ।’
ज्वाला खवरलाई प्राप्त सूचना र तथ्य अनुसार त्यतिवेला रास्काेटका विभिन्न विद्यालयबाट लाखौं रुपैया कमिशन लिएको खुलेको थियो ।

बाँकी उपेन्द्र न्यौपानेले बोलेको अडियो जस्ताको तस्तै ….।

प्रतिक्रिया दिनुहोस