१८ फागुन, कालिकोट । नेकपा (माओवादी)का प्रवक्ता तथा उम्मेदवार खड्गवहादुर विश्वकर्मा (प्रकाण्ड सी)लाई माल्कोटी जनताले भव्य स्वागत गरेका छन ।
सोमवार जन्म गाउँ माल्कोट पुग्नु भएका प्रवक्ता प्रकाण्डलाई माल्कोटी जनताले बाजा गाजा बजाएर भव्य स्वागत गरेका हुन ।
यस्तै चुनावी भेटघाटका क्रममा माल्कोट पुग्नु भएका प्रकाण्डलाई ठाउँ –ठाउँमा फुलमाला अविरले जनताले भव्य स्वागत गरेका छन ।
क्रान्तिकारी जनताको नेता माल्कोट पुगेको खुसीयालीमा माल्कोटी जनताले हृदयदेखि खुसी व्यक्त गर्दै भोट दिएर जिताउने बचन दिएका छन ।
स्वागतपछिको सभालाई प्रवक्ता प्रकाण्डले सम्वोधन गर्दै माल्कोटी जनता नयाँ इतिहास रचना गर्ने जनता भएको उपमा दिनु भयो ।
उहाँले देश र जनतालाई अप्ठ्यारो पर्दा काँध थाप्ने र आवश्यक परे बलिदान गर्ने जनता माल्कोटी जनता भएको टिप्पणी गर्नु भयो ।
फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका प्रत्यक्षतर्फका उम्मेदवार समेत रहनु भएका प्रवक्ता प्रकाण्डले यो चुनाव विगतको जस्तो निरन्तरताको चुनाव नभएर फरक भएको भन्दै अहिलेको नयाँ जिम्मेवारलाई माल्कोटी जनताले उत्साहका साथ पुरा गर्ने विश्वास व्यक्त गर्नु भयो ।
‘तपाईहरु नयाँ इतिहास रचना गर्ने जनता हो । जनताको इतिहास निर्माण गर्ने जनता हो’ उहाँले भन्नु भयो, ‘नयाँ इतिहास निमार्ण गर्ने सपना देख्यौ र संघर्ष गर्यौ । यहि गाउँमा धेरैले रगत बगाएका छन । झण्डै ५ सयको रगत यो जिल्लामा बगेको छ । महान सहिदले देश,जनता र प्रगतिको निम्ति, सुख शान्ति स्थापनाका लागि रगत बगाउनु भयो । सहिदलाई उच्च सम्मान सहित श्रद्धान्जली अर्पण गर्दछु ।’

प्रवक्ता प्रकाण्डले जनयुद्धमा योगदान गर्ने बेपत्ता योद्धाको स्मरण गर्दै घाईते योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्नु भयो ।
‘माल्कोट र कालिकोटको जनता समान्य होईन । देश र जनतालाइ काँधमा राखेर हिड्ने जनता हो । त्यो जिम्मेवारीलाई पुरा गर्नु पर्ने छ । त्यो जिम्मेवारी तपाईहरुको उत्साहले पुरा हुने छ’ उहाँले भन्नु भयो ।
उहाँले अहिले हुने चुनावसंग राष्ट्रिय स्वार्थ जोडिएको बताउदै राष्ट्रिय स्वाधीनताको रक्षा गरी जनताको अधिकार स्थापित गर्ने चुनाव भएको जिकिर गर्नु भयो ।
चुनावमा जनताको पार्टी र नेतालाइ जिताउने गरेर माल्कोटवासी जनताले नयाँ इतिहास रच्नुपर्ने पनि सुझाव दिनु भयो ।
स्मरणरहोसः माल्कोटी महिला र पुरुषहरुले २०५४ साल चैत्र २६ गते जनदमनका लागि गाँउमा पुगेको प्रहरीमाथि प्रतिवाद गरी गाउँबाट लखेट्दै हतियार खोसेर तत्कालिन जनयुद्ध लडिरहेको पार्टी नेकपा (माओवादी)लाई बुझाएका थिए । यो नेपालकै अच्चम लाल्दो साहासिक नयाँ इतिहास थियो । यो घटनाले पनि माल्कोट विश्वमा स्थापित भएको थियो भने नेता प्रकाण्ड पनि स्थापित हुनु भएको थियो ।
